मध्यनेपाल(लमजुङ), मध्यनेपाल नगरपालिका भोर्लेटारमा रहेको श्री ईशानेश्वर माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव समारोह नगर उपप्रमुख सीता गुरुङ्को प्रमुख आतिथ्यमा भव्यताका साथ आज आइतबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभक्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वहाँ स्वयमले स्वागत मन्तव्य राख्दै विद्यालयको स्थापनाकालको स्मरण गराउदै पुतली चौरबाट शुरुभएको स्कुल हाल आएर ६२ बर्ष पूरा भएको खुशी व्यक्त गर्दै विद्यालयमा व्यवस्थापन समितिको जिम्मेवारि कर्तव्यको बारेमा बोल्नु भएको थियो । साथै विद्यालयमा रहेको आबश्यकताहरुको बारेमा समेत बोल्नु भएको थियो।

निमित्त प्रधानाध्यापक रमेश चन्द्र घिमिरेले आर्थिक र बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र उपलब्धिका निम्ति विभिन्न निकाय सघ संस्था र ब्यक्तिहरु लगायत शिक्षकहरुलाई यस समारोह सम्पन्न गर्न अहम भूमिका खेल्नु भएकोमा बिशेष धन्यवाद ज्ञापन व्यक्त गर्दै आगमी दिनहरुमा विद्यालयलाई अगाडि बढाउन निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्नु भएको थियो।
शुभकामना आदान प्रदानमा विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, बुद्दिजिवी बर्गको उपस्थिति रहेको थियो भने त्यस्तै गरेर वडा नं ०६ को वडाध्यक्ष बिष्णु भक्त पौडेलले बार्षिकोत्सवको शुभकमना दिदै प्राविधिक र व्यावसायिक शिक्षालाई विशेष जोड दिन पर्ने बताउदै। भवनको बिद्यार्थी प्रसस्त रहेको र मात्र शैक्षिक गुणस्तर बनाउन पर्ने बताउदै पोखराको विन्दावासिनी र शितलदेवी माध्यमिक विध्यालयको उदाहरण दिएका थिए।
प्रमुख अतिथी गुरुङले बर्षिकोत्सवको शुभकाममा दिदैं स्थनिय सरकारले शिक्षा र स्वास्थ्यमा प्राथमिकता रहने बताउदै बिद्यार्थी भाइ बहिनिहरुले माटो परिक्षणको सिविर राखेको देखेर हर्षित भएको बताउनु भएको थियो भने विद्यालयमा बिद्यार्थी संख्या घट्नु भनेको दुखद कुरा रहेको अभिभावकहरुले सरकारी विद्यालयलाई बिर्सन नहुने माया मार्न नहुने बताउनु भएको थियो। शिक्षक अभिभावक र ब्यवस्थापन समितिले एकापसमा सहकार्य गरेर अगाडि बढेमा स्कुलमा बिद्यार्थी बढ्ने र स्तरोन्नती हुने बताउनु भएको थियो।
साथै विध्यार्थिहरुले वार्षिकोत्सवको अवसरमा बिभिन्न कला र सस्कृतिका नृत्यहरु समेत प्रदर्शन गरेका थिए, जसलाई प्रमुख अतिथी गुरुङले पठन पाठन सहित यसरि कला सस्कार सस्कृतिलाई जोगाउने गरेर नृत्यहरुको प्रसंशा गर्दै यस्ता अतिरिक्त क्रीयाक्लाप पनि शिक्षाको एक अर्को पाटो वताउनु भएको थियो ।











