कालिका माविको ४३ औँ वार्षिकोत्सव सम्पन्न – Sarangi News

पोखरा, माघ ८ गते । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपभुन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिवभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद भीम कार्कीले सामुदायिक विद्यालयको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । कालिकाले शैक्षिक क्षेत्रमा गरेको उन्नतिको प्रशंसा गर्दै कार्कीले आफ्नो तर्फबाट विद्यालयका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहने प्रतिबद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयासमा लागिरहेको जानकारी दिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, शिक्षक अभिभावक सङ्घका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र शिक्षक गङ्गाराम विश्वकर्मालाई ‘कालिका वर्ष सम्मान २०८२’ प्रदान गरिएको थियो । त्यसै गरी विद्यालयमा अक्षयकोष खडा गर्ने १४ जना अक्षयकोषदाताहरू, एसइई २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू र विद्यालयलाई सहयोग गर्ने १४ जना पूर्वविद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, अक्षयकोषका संस्थापक दिनेश आचार्य, शिशुकल्याण माविका प्रधानाध्यापक सुदन पौडेल, सामाजिक परीक्षण समितिका सदस्य महेन्द्रकुमार श्रेष्ठ, विद्यार्थी कृतिका केसीलगायतले शुभकामना दिएका थिए । सो अवसरमा अतिरिक्त क्रियाकलाप, अभिभावक खेल र शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पूर्वअध्यक्ष सोमबहादुर गुरुङ, गङ्गाबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, हिरामान श्रेष्ठ, पूर्वप्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य ज्योति गुरुङ, खिमबहादुर खत्री, शिक्षक अभिभावक सङ्घका सदस्य कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बालकुमारी थापा मगर, शिक्षक विश्वराज बास्तोला र यज्ञबहादुर बानियाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)


TOP