भण्डारी र कडेलद्वारा बाराही आविका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण – Sarangi News

पोखरा, माघ १४ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर  ८ स्थित बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई  खेलकुदका लागि ट्रयाक  र स्टेसनरी सामग्री वितरण गरिएको छ ।

जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ का क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारी र नेपाल शिक्षक महासङ्घका निवर्तमान सचिव मनिराम कडेलले संयुक्त रूपमा २५ जना विद्यार्थीहरूलाई सामग्री वितरण गरेका हुन् । व्यक्तिगत रूपमा दुवै जनाले रकम खर्च गरी विद्यार्थीलाई सहयोग गरेका हुन् ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारीले विद्यार्थीमा गरिएको लगानी खेर नजाने बताए । उनले व्यक्तिगत रूपमा पनि विद्यालयको हितका लागि कार्य गर्न पाउँदा खुसी लागेको बताए ।

ट्रेड युनियन काङ्ग्रेसकै वरिष्ठ उपाध्यक्षसमेत रहेका कडेलले विद्यार्थीको हौसला प्रदान गर्नका लागि आफूले सहयोग गरेको बताए । राज्यले विद्यालय सञ्चालनका लागि दिएको सीमित बजेटका बाबजुद सामुदायिक विद्यालयले आफ्नो कर्तव्य पूरा गर्दै आएको उनले बताए । शान्ति आधारभूत विद्यालय, पोखरा-३० का प्रधानाध्यापक कडेलले सङ्ख्या जति भए पनि जति छन् तिनलाई राम्रो बनाउनका लागि विद्यालय, शिक्षक र अभिभावक लाग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरकुमारी गुरूङले आफ्नो विद्यालयका विद्यार्थीका लागि शैक्षिक नेताद्वयको सहयोग अविस्मरणीय रहने भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रधानाध्यापक  प्रकाशमान गुरुङले दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

‘सरुभक्तका कविता’ सार्वजनिक

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई

शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव


TOP