स्मार्ट गलकोट बनाउने जनकलाकार विष्णु खत्रीका ३३ फर्मुला ! – Sarangi News

विष्णु खत्री

हाम्रो देश नेपालकै नक्शासँग मिल्दो जुल्दो नक्शा भएको जिल्ला बागलुङको दक्षिण–पश्चिम भूभागमा अवस्थित एउटा सुन्दर नगरपालिका छ।जसको नाम हो गलकोट नगरपालिका ।१९४.३९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ब्राह्मण, क्षेत्री, ठकुरी, मगर,नेवार अल्पसंख्यकहरु, दलितहरु र मुस्लिम जस्ता विभिन्न जात, जाति एवं फरक फरक भाषा, धर्म र संस्कृति भएका मानिसहरूको बसोबास रहदै आएको छन्।१० हजार ३९३ फिटको उचाइमा रहेको घुम्टे चुचुरोको फेदमा अवस्थित साविकका,मल्म,पाण्डवखानी,हरिचौर,काडेबास,रिघा,हटिया ,नरेठाँटी र दुदिलाभाटी गरि ८ वटा गाउ विकास समितिहरु मिलाएर ११ वटा वडाहरुले गल्कोट नगरपालिका बनेको छ। जहाँ पुग्नको लागि बागलुङको सदरमुकाम देखि २५ किलोमिटरको यात्रा तय गर्नुपर्छ।
प्राकृतिक,धार्मिक एवम् ,सांस्कृतिक रूपमा गल्कोटको पहिचान राष्ट्रिय स्तरमै अग्रपङ्‌‌क्‍तिमा सूचीकृत छ। यद्यपि शिक्षा,स्वास्थ्य ,खानेपानी ,सिंचाई ,यातयात,रोजगारको क्षेत्रमा भने गल्कोटबासीहरुले धेरै समस्याहरु भोग्दै आएका छन।

झन् वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायन र बसाइ सराइको शिलशिला बढ्दो क्रममा छ I पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहु बढी रहेको छ भने चोरी डकैतिको घटनाहरुले गर्दा गल्कोटबासीहरु त्रसिद र असुरक्षित महशुस गरिरहेका छन् I समय सिमा नाघेका, मिति गुज्रेका र मिसावत अखाद्य वस्तुहरूले आम जनताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको छ l वर्षेनी हुने आगलागीका घटनाबाट जनधनको ठुलो क्षति,वन विनास हुनुका साथै वन्यजन्तुको जीवन संकटमा परिरहेको छ l बढ्दो अब्यवस्थित शहरीकरणले फोहोर मैला व्यवस्थापनमा कठिनाइ परेको छ।हाम्रा सम्पदा दरम गौंदीमा घर हरुको ढल मिसाउने ,धारिला सिसाजन्य वस्तु एवम् फोहोर फाल्नाले खोला प्रदुषित हुनुका साथै राष्ट्रिय रुपमा ख्याती प्राप्त कहलिएका माछाको अस्तित्व नै समाप्त हुने अवस्थामा छ।मेशिनको प्रयोग गरि बिना मापदण्ड अनुसार बाटो घाटो अव्यवस्थित तरिकाले निर्माण गर्दा गाउँवस्ती जोखिममा पर्नुका साथै मानवीय घटना भै रहेका छन्।

झन् वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायन र बसाइ सराइको शिलशिला बढ्दो क्रममा छ I पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहु बढी रहेको छ भने चोरी डकैतिको घटनाहरुले गर्दा गल्कोटबासीहरु त्रसिद र असुरक्षित महशुस गरिरहेका छन् I

यी सम्पूर्ण समस्याको रोकथाम एवम् निराकरणका लागि गल्कोट बृहत्तर विकासको गुरु योजना ल्याउन अपरिहार्य छ ।यसका लागि गल्कोटबासी जनताको सुख, समग्र गल्कोटको विकास समृद्धि र समुन्नतिका लागि कुशल, असल र पारदर्शी नेतृत्वको आवश्यकता पर्दछ।
विकास सम्भावना र समाधान
गल्कोटबासी जनताको जीवनस्तर उकास्न र गल्कोटलाई नमुना नगरपालिकाको रुपमा नेपालभर चिनाउनको लागि आगामी नेतृत्वले निम्न कुरामा ध्यान दिनु जरुरी छ।

१) घुम्टेसम्म केबलकारको स्थापना
२)काठेखोला देखि नरेठाँटीसम्मको सुरुङ्ग मार्गको निर्माण
३)सडक संजालको लागि एघार वटै वडा जोड्ने चक्रपथको निर्माण
४) आधुनिक, स्वस्थकर एवम् व्यवसायिक खेति प्रणालीमा जोड
५ ) आधुनिक पशुपालन,मत्स्यपालनमा जोड
६. गुणस्तरीय आधुनिक, वैज्ञानिक, सामाजिक ,व्यवहारिक, प्रभावकारी र परिणाममुखी शिक्षामा जोड
७) आधुनिक,विज्ञ,दक्ष,अनुभवी डाक्टरहरु मार्फत सेवा सहितको सुबिधा सम्पन्न अस्पतालको निर्माण
८) धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थलहरुको पहिचान गरि संरक्षण र महत्वबारे प्रचार प्रसारमा जोड
९) खेलाडीहरुका उत्पादन र प्रोत्साहनका निम्ति एक वडा एक खेलमैदानको निर्माण
१०) स्थानीय उत्पादन, हस्तकला, उद्योग कलकारखानाको विकाशमा जोड
११) एक घर एक खानेपानी योजना पूर्ण रुपमा लागु
१२)लिफ्टिङ प्रबिधिबाट सिंचाई योजना
१३) प्रत्येक वडाको विकट बस्तीसम्म मोटर बाटोको स्तराेन्नति
१४) विभिन्न खानीहरु जस्तै तामाखानी, ढुंगाखानी,सिसाखानीको उत्खनन एवम् अन्वेषण
१५) जडीबुटी प्रशोधन केन्द्रको स्थापना
१६)पवन मिलको (Wind mill) स्थापना
१७) स्थानीय जल विद्युत् उत्पादनमा जोड
१८) बढ्दो भ्रस्टचार र कालो बजारीको नियमन र नियन्त्रण
१९) खाद्य बस्तु र पेय पदार्थमा कडा अनुगमन
२०)सरकारी नीति,नियम,कामकाजमा कडाई

ढल व्यवस्थापन,भूकम्प रहित संरचनाहरुको निर्माण,प्लास्टिकजन्य वस्तुहरुको उपयोगमा न्यूनिकरण,घरेलु मदिरा उत्पादनमा निगरानी र यसको उचित व्यवस्थापन,व्यवस्थित प्रणालीबाट कर उठान, वडामा आवश्यकता अनुसारको बजेट बिनियोजन, गल्कोटेहरुमा भाईचारा, थप सहयोगी भावना ,आपसी सदभावको विकास र खुट्टा तान्ने प्रवृतिको अन्त्य हुन सके गल्कोटको समृद्धि हाम्रै पालामा सम्भव छ।

२१) जातीय भेदभाब,महिला हिंसा,बाल शोषण, जस्ता अपराधिक गतिबिधिमा संग्लग्न हुनेलाई कडा कारबाही
२२) उत्पादनमूलक कार्यमा संग्लग्न कृषकलाई अनुदान र प्रोत्साहन भत्ता
२३) कुलो,नहर,तटबन्धन,झोलुङ्गे पुल,सार्बजनिक शौचालय,फ़न पार्क निर्माणमा जोड
२४) बाल शिक्षा भवन निर्माण,बालबालिकालाई पाठ्य पुस्तक र उचित सामग्री हस्तान्तरण, बालमैत्री वातावरणमा पठन पाठन
२५) सांस्कृतिक संग्रहालयको स्थापना
२६)रोजगारी मूलक कार्यक्रमको तर्जुमा,युवा स्वरोजगार कार्यक्रमको प्रभावकारितामा जोड
२७) सिप, विकास तथा आत्मनिर्भर बन्न सिकाउने तालिम,गाेष्ठी,,सेमिनार,अन्तरक्रिया कार्यक्रमको आयोजना
२८) प्रतिभा प्रस्फुटनका लागि अवसर प्रदान हुने वातावरणको सिर्जना
२९) जन चेतनामूलक कार्यक्रमको आयोजना
३०) जीउ धनको सुरक्षा व्यवस्थामा कडाई
३१) बैंक तथा वित्तिय संस्थाहरुलाई भरपर्दो र सेवामुखी बनाउनमा जोड
३२) स्वदेशी तथा विदेशी लगानी भित्राउने वातावरणको सिर्जना र सुरक्षाकाे ग्यारेन्टी

३३)हाइकिङ,प्याराग्लाईडिङ,क्यानाेनिङ,,रक क्लाइम्बिङमा प्रचुर सम्भावना भएका स्थलहरु पहिचान गरि सुचारु गर्न पहल गर्ने

गल्कोट बृहत्तर विकासको गुरु योजना ल्याउन अपरिहार्य छ ।यसका लागि गल्कोटबासी जनताको सुख, समग्र गल्कोटको विकास समृद्धि र समुन्नतिका लागि कुशल, असल र पारदर्शी नेतृत्वको आवश्यकता पर्दछ।

माथि उल्लेखित बुँदाहरुलाई आगामी नेतृत्वले राम्रोसँग अध्ययन गरि लागु गर्न अग्रसरता देखाउने हो भने गल्कोट साचिकै नमुना नगरपालिकाको रुपमा दर्ज हुन सक्छ।गल्कोट क्षेत्रका मौलिक कला संस्कृति रितिरिवाज तथा परम्परा जोगाई राख्नको निम्ति नगरपालिकाले पहलकदमी लिनु पर्ने देखिन्छ।स्थानीय श्रोत साधनको भरपुर उपयोग गरि उत्पादनमुखी कार्यमा जोड दिदै वस्तुको निर्यात गरि गल्कोटलाई आर्थिक स्तरबाटै सम्पन्न बनाउन सकिन्छ।बढ्दो सहरीकरणको लागि नगरपालिकाले व्यवस्थित र मर्यादित ढङ्गबाट भौतिक संरचनाहरुको निर्माण गर्नको लागि नीति नियम ल्याउनु पर्ने देखिन्छ।ढल व्यवस्थापन,भूकम्प रहित संरचनाहरुको निर्माण,प्लास्टिकजन्य वस्तुहरुको उपयोगमा न्यूनिकरण,घरेलु मदिरा उत्पादनमा निगरानी र यसको उचित व्यवस्थापन,व्यवस्थित प्रणालीबाट कर उठान, वडामा आवश्यकता अनुसारको बजेट बिनियोजन, गल्कोटेहरुमा भाईचारा, थप सहयोगी भावना ,आपसी सदभावको विकास र खुट्टा तान्ने प्रवृतिको अन्त्य हुन सके गल्कोटको समृद्धि हाम्रै पालामा सम्भव छ।
!!!जय गल्कोट!!!

(बाग्लुङ गल्कोट नगरपालिका वडा न. ७ मा जन्मे हुर्केर त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका लेखक खत्रीले सामाजिक विकृति,कुरितिका विरुद्द चेतना फैलाउँदै समाज रुपान्तरण सम्बन्धि गीत रचना गर्ने र गाउने उनी  चर्चित जनवादी कलाकार हुन। जनहितबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP