Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
लमजुङमा एक हजार म्यादी प्रहरी छनोट, ३ सय बढि महिला – Sarangi News

आगामी स्थानीय तह निर्वाचनका लागि लमजुङमा १ हजार ७४ जना म्यादी प्रहरी छनोट भएका छन् । म्यादी प्रहरीमा आवेदन दिएकामध्ये लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन् । जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला छन् ।

म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो । स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

हिमाली जिल्लामा मनाङमा भने आवश्यता भन्दा कम संख्यामा आवेदन परेपछि लमजुङबाटै केही संख्यामा छनोट गरिएको हो । म्यादी प्रहरी भर्ना चरणअन्तर्गत गत आइतबार शारीरिक परीक्षण सकिएको थियो । त्यसपछि लिखित परीक्षामा उत्तीर्ण भएकाको नाम सार्वजनिक भएको हो । म्यादी प्रहरीका लागि १८ देखि ५२ वर्ष सम्मका व्यक्तिहरुले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनाट गरिएको प्रहरीले जनाएको छ । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP