Trend
नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||   साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि  ||   मध्यनेपाल नगरपालिकाले पोखरामा एकीकृत घुम्ती शिविर सन्चालन।  ||  
शुक्रबार , भाद्र १९, २०८३
नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश। – Sarangi News

भोर्लेटार(लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकाले भाद्र १० गते भोटेकोशिमा आएको बाढिपिडितको शोकको घडिमा तिज विशेष कार्यक्रम, भेला तथा समारोह नगर्न/नगराउन भनी भाद्र १५ नगर प्रमुख रमेश कुमार पाण्डे ज्युद्वारा हस्ताक्षरित विज्ञप्ती निकालिएको छ तर वडा नं ०६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेल भने हरितालिका तिजको अवसरमा हुने गै रहेको संयुक्त भोर्लेटारद्वारा आयोजित फुटबल कार्यक्रमको लागि सहयोग संकलन लगायत अन्य सहयोगमा जुटी रहेको छ। अन्य स्थानका कार्यक्रम स्थगन हुन पर्छ भन्ने अध्यक्ष पौडेल आफ्नो वडामा भने सक्रिय देखिन्छ।

भोटेकोशी घटनाले देश दुखी रहेको अवस्थामा तिज विशेष कार्यक्रमहरु स्थगित भएको सुचना र साथै आयोजकले संकलन गरेका संकलित सहयोग रकम बाढिपिडितलाई सहयोग भन्दै प्रधानमन्त्री दैवी उद्दार कोषमा राखिएको यथेष्ट उदाहरणहरु पाएका एवम देखेका छौ। तर सयुक्त भोर्लेटार क्लबले भाद्र १५ गतेका दिन ५ हजार प्रधानमन्त्री दैवी उद्दार कोषमा सहयोग गरिएको बैक रसिद क्लबका अध्यक्ष बिश्वलाल श्रेष्ठको फेसबुकमा सार्वजनिक गरिएको छ। भने के नगर प्रमुख पाण्डेद्वारा हस्ताक्षरित जारी विज्ञप्तीको वडा नं ०६ भोर्लेटारका वडा अध्यक्ष पौडेल र संयुक्त क्लब भोर्लेटार क्लबका अध्यक्ष बिश्वलाल श्रेष्ठले नेदेखेका हुन त? होइन भने किन नगरपालिका यता तिज विशेष कार्यक्रम स्थगित गरी रहदा नेतृत्वमा भाद्र २४ देखि २९ गतेसम्म हुने फुटबल प्रतियोगिता सफल बनाउन आव्हान गरी रहेका छन?

हिजो भाद्र १८ गते वडा नं ०४ दुईपिप्लेमा बाढिपिडितलाई खाधन्न राहत संकलन हुँदै गर्दा मिड प्वाइन्ट युनाईटेड क्लबको सक्रीयतामा ठूलो संख्याको खाधन्न जिन्सी सामाग्री क्लबको अध्यक्षको नेतृत्वमा संकलन भै रहदा सोही दिन अघिल्लो दिनमा भोर्लेटारमा संकलन हुँदा संयुक्त भोर्लेटार क्लबको सहभागिता न्युन देखियो। जसको बिषयमा प्रत्यक्ष दर्शीले भने फुटबलको तयारी जुटेको समेत भने। पाखुरी चोकमा एक स्थानियले भने कसैलाइ रोक तोक छ कसैले कार्यक्रमको तयारी गर्दै गरेको छ भन्ने गुनासो समेत गरे!

देशको विषम परिस्थितिमा किन ? यस्तो भन्ने बिषयमा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल भन्नू हुन्छ, हामिले कार्यक्रम गर्न भनेर क्लबलाई कुनै स्वीकृती पत्र दिएका छैनौ, दर्ता गर्न आउदा अस्विकार गरेको थियौ साथै स्थानिय सरकारले विज्ञप्ति निकालेको खण्डमा कुनै पनि कार्यक्रम हुदैन र हुनेछैन। फोन गरेर जानाकारी गराएका छौ यद्यपि निर्देशन अटेर अहेलना गरि अगाडि बढेमा कानुनी कारवाही गर्ने बताउनु भएको थियो। आफै जिम्मेवार निकायले बुझ्न पर्ने कुरोलाई जिल्ला प्रशासन कार्यलयले ताकेता गर्नु राम्रो होइन” प्रजिअ खनालले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।

सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।

भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।

कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल


TOP