Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न – Sarangi News

पोखरा, ३० भदौ । पोखरा महानगरपालिका–१५, नयाँगाउँस्थित हिमालय लाइफ नेपालको १४औँ वार्षिक साधारण सभा तथा पाँचौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। कठिन परिस्थिति तथा जोखिममा रहेका बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासको समीक्षा गर्दै संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष बुद्धिवल रम्तेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यकारी निर्देशक पुष्पराज गिरीले सञ्चालन गर्नुभएको सभामा संस्थागत उपलब्धि तथा वार्षिक प्रगति प्रतिवेदन पेश गरिएको थियो भने कोषाध्यक्ष मिलन केसीले संस्थाको वार्षिक आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। पाँचौँ सामाजिक लेखाजोखाको सहजीकरण डा. बुद्धिबहादुर थापाले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले सडक तथा असहाय बालबालिकाको उद्धार गरी शिक्षा र संरक्षण प्रदान गर्न संस्थाले गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले संस्थाको मानवीय सेवामा वडा कार्यालयको तर्फबाट निरन्तर समन्वय र सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत हेम आचार्यले सडक बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन संस्थाले खेलेको भूमिका प्रभावकारी रहेको बताउनुभयो। राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय बाल अधिकृत बद्रीप्रसाद वाग्लेले संस्थाले बालबालिकाको अधिकार र सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यको बलियो सहयात्रीका रूपमा काम गरेको उल्लेख गर्नुभयो। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी बालकल्याण अधिकारी बेलकुमारी गुरुङले संस्थाले अँगालेको बालमैत्री नीति र पारदर्शी कार्यशैली उदाहरणीय रहेको धारणा राख्नुभयो।

कार्यक्रममा शुभतारा मिसन स्कुलका भाइस प्रिन्सिपलले बालगृहका बालबालिकाहरू अध्ययनका साथै युनिक हक्कीलगायतका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रतिभा देखाउन सफल भएको बताउनुभयो।

टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, शिक्षक, समाजसेवी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको उक्त सभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण र आगामी रणनीतिक कार्ययोजनाहरू अनुमोदन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP