Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बिहिबार , भाद्र २५, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा। – Sarangi News

मध्यनेपाल(लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डे ज्युले भाद्र १० गते गएको अकल्पनीय रसुवाको भोटेकोशी बाढी पहिरोको लागि आज एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागी रु ५ सहयोगको घोषणा गर्नु भएको छ।

विज्ञाप्ती:-मिति २०८३ साल भाउ १० गते रसुवा जिल्लाबाट सुरु भई नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन हुँदै नवलपरासी सम्म फैलिए‌को विनाशकारी बाढी तथा पहिरोका कारण उक्त जिल्लाहरुमा ठूलो परिमाणमा मानवीय तथा भौतिक क्षति पुगेको दुःखद् घटना प्रति मध्यनेपाल नगरपालिका गहिरो शोक तथा मर्माहत भावना व्यक्त गर्दछौ। यस प्राकृतिक विपत् बाट ज्यान गुमाउनुहुने सम्पूर्ण दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदन व्यक्त गर्दै घाईते तथा प्रभावित नागरिकहरुको शिघ्र स्वास्थ्य लाभ र सुरक्षित जिवनयापनको कामना गर्दछौ। प्राकृतिक विप‌का कारण उत्पन्न यस विषम परिस्थितीमा पिडित तथा प्रभावित नागरिकहरुको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरुले गरी रहेको प्रयास प्रति मध्यनेपाल नगरपालिका ऐक्यबद्धता प्रकट गर्दछ ।

यस दुःखद् घडीमा स्थानीय सरकारको तर्फबाट मानविय सहयोग र ऐक्यवद्धता स्वरुप नेपाल सरकारको प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा रु. ५,००,०००/- (अक्षरेपी पाँच लाख रुपैयाँ मात्र। सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

यस विपद् वाट प्रभावित सम्पूर्ण नागरिक प्रति यस नगरपालिका गहिरो दुःख, सहानुभूति र ऐक्यवद्धता प्रकट गर्दछौ । दुःखको यस घडीमा पिडित परिवार तथा समुदायसंग मध्यनेपाल नगरपालिका साथमा रहेको प्रतिवद्धता समेत व्यक्त गर्दछ साथै यस घटनामा सहयोग गर्नुहुने मित्र राष्ट्र भारत लगायत अन्य राष्ट्रहरु, संघसंस्थालाई समेत हार्दिक आभार प्रकट गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP