Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
आयोगले एक मात्र पदमा उम्मेदवारी दिँदा महिला हुनुपर्ने प्रावधान हटायाे ! – Sarangi News

काठमाडौँ – निर्वाचन आयोगले एक मात्रै पदमा उम्मेद्वारी दिँदा महिला हुनुपर्ने प्रावधान सच्याएको छ।

आयोगले स्थानीय तहको प्रमुख वा उपप्रमुख, गाउँपालिको अध्यक्ष वा उपाध्यक्ष्यमध्ये एक मात्रै पदमा दलले उम्मेदवारी दिनुपर्दा महिला हुनुपर्ने प्रावधान सच्याएको हो।

चैत १६ गते आयोगले दलहरुलाई पत्र पठाउँदै एक मात्रै पदमा उम्मेदवारी दिँदा महिला हुनुपर्ने निर्देशन गरेको थियो। स्थानीय तह निर्वाचन ऐनले दुई मध्ये एक पदमा उम्मेद्वारी दिँदा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।आयोगले त्यसलाई थप कडाइ गर्दै एक मात्रै उम्मेदवार हुँदा महिला हुनुपर्ने निर्देशन गरे पनि दलहरुको विरोधपछि मंगलबार सच्याएको हो।

विशेष गरी गठबन्धन गरेर चुनवामा जाने तयारीमा रहेका दलहरुलाई असर पर्ने भएपछि उनीहरुले उक्त व्यवस्था कानुन विपरीत रहेको भन्दै आपत्ति जनाएका थिए।आयोगले दलहरुलाई पठाएको निर्देशन पत्रको बुँदा नम्बर ६ मा उल्लेख गरिएको थियो, ‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’

तर आयोगले मंगलबार विज्ञप्ति जारी गरेर सच्याइएको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP