Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
आयोगले एक मात्र पदमा उम्मेदवारी दिँदा महिला हुनुपर्ने प्रावधान हटायाे ! – Sarangi News

काठमाडौँ – निर्वाचन आयोगले एक मात्रै पदमा उम्मेद्वारी दिँदा महिला हुनुपर्ने प्रावधान सच्याएको छ।

आयोगले स्थानीय तहको प्रमुख वा उपप्रमुख, गाउँपालिको अध्यक्ष वा उपाध्यक्ष्यमध्ये एक मात्रै पदमा दलले उम्मेदवारी दिनुपर्दा महिला हुनुपर्ने प्रावधान सच्याएको हो।

चैत १६ गते आयोगले दलहरुलाई पत्र पठाउँदै एक मात्रै पदमा उम्मेदवारी दिँदा महिला हुनुपर्ने निर्देशन गरेको थियो। स्थानीय तह निर्वाचन ऐनले दुई मध्ये एक पदमा उम्मेद्वारी दिँदा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।आयोगले त्यसलाई थप कडाइ गर्दै एक मात्रै उम्मेदवार हुँदा महिला हुनुपर्ने निर्देशन गरे पनि दलहरुको विरोधपछि मंगलबार सच्याएको हो।

विशेष गरी गठबन्धन गरेर चुनवामा जाने तयारीमा रहेका दलहरुलाई असर पर्ने भएपछि उनीहरुले उक्त व्यवस्था कानुन विपरीत रहेको भन्दै आपत्ति जनाएका थिए।आयोगले दलहरुलाई पठाएको निर्देशन पत्रको बुँदा नम्बर ६ मा उल्लेख गरिएको थियो, ‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’

तर आयोगले मंगलबार विज्ञप्ति जारी गरेर सच्याइएको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP