कास्कीको रूपा-२ मा राजन सुवेदीको उम्मेद्‍वारी – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा (एमाले) का तर्फबाट युवा नेता राजन सुवेदी उम्मेद्‍वार सिफारिस भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षका ४ जना आकाङ्क्षीहरू देखिएपछि नेकपा (एमाले) वडा कमिटीले गाउँकमिटीमा चारै जनाको नाम पठाएकोमा सुवेदी सर्वसम्मत छानिएका हुन् । वडा नम्बर २ का जनताको भरोसाको केन्द्रका रूपमा पहिल्यैदेखि परिचित सुवेदीले आफ्नो विजय सुनिश्चित भएको भन्दै गाउँको विकासका लागि आफूले सकेसम्म लागिपर्दै आएको र भविष्यमा थप लागिपर्ने बताए । रुपा-२ बासी जनतालाई परेका हरेक सुख-दुःखमा साथ दिँदै आएका उनी मतको मात्र नभई मनको समेत नेता भएको स्थानीयवासीको भनाइ छ ।

शिवचण्डी मोटरबाटो कालोपत्रे गर्ने, वडालाई शैक्षिक हब बनाउने, स्वास्थ्य र कृषिको स्तरोन्नति तथा आधुनिकीकरण गर्ने, पर्यटनका लागि होमस्टेको विकास, खानेपानीको समस्या समाधानलगायतका योजना उनीसँग छन् । उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिल लिइने पनि बताएका छन् ।

सो वडाबाट वडा सदस्यका लागि हिता रूपाखेती, रामचन्द्र ओझा, रामबाबु सुवेदी र अनिता राना सिफारिस भएका छन् ।

को हुन् राजन सुवेदी ?

वि. सं. २०५० भदौ १ गते रूपा गाउँपालिका, वडा नम्बर २, सिर्कुतानमा पिता महादेव सुवेदी र माता पार्वती सुवेदीका २ भाइ छोरामध्ये उनी कान्छा हुन् । उनका दाजु राजेन्द्र सुवेदी गायन क्षेत्रमा सक्रिय छन् । स्थानीय शिवालय माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेका सुवेदीले २०६६ मा जिल्ला समिति तथा सचिवालय सदस्य भएर कार्य गरे । २०६८ मा नेकपा (एमाले)को क्षेत्रीय कमिटीको सदस्य हुँदै क्रमशः उनी २०७३ मा नेकपा (एमाले) थुम्की-पोखरा सम्पर्क समितिको सचिव, २०७४ मा युवा सङ्घको रूपा अध्यक्ष र २०७८ मा कास्की जिल्ला सम्मेलन आयोजक समितिका सदस्य भएर कार्य गरे । उनले नेकपा (एमाले) निटक नेपाल पर्यटन व्यवसायी सङ्गठन गण्डकी प्रदेशको सदस्यसमेत भएर कार्य गरे ।

राजनीतिक रूपमा प्रतिबद्ध र कर्तव्यनिष्ठ युवाको पहिचान बनाएका राजनको सामाजिक संलग्नता पनि उत्तिकै लोभलाग्दो छ । उनी एकै समय ४ संस्थाका अध्यक्ष छन् । आफैँ पढेको शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उनी सोही विद्यालयको पूर्व विद्यार्थी मञ्चका पनि अध्यक्ष हुन् । यसका साथै, उनी रूपा गाउँपालिकाभित्रका युवाहरूको साझा संस्था समृद्ध रूपा क्लब र नेपाल केन्पो खुकुरी मार्सल आर्ट सङ्घको पनि कास्की अध्यक्ष हुन् । यसका अलावा नेपाल खेलकुद महासङ्घ, नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थामा उनी आबद्ध छन् ।

राजनीति र सामाजिक कार्यकर्ताका अलावा उनी गायनमा समेत लागेका व्यक्तित्व हुन् । उनको आवाजमा एक दर्जनभन्दा बढी लोक तथा दोहोरी गीत रेकर्ड पनि भएका छन् । ‘तिमीले बिहे अन्तै गरे नि’, ‘खाएको कसम तोड्दिनँ’ र ‘एमाले हाम्रो पार्टी हो’ गरी ३ ओटा त एकल एल्बम नै उनका नाममा दर्ज छन् ।

सामान्य किसान परिवारमा जन्मेका राजन हाल होटल पि-राज, पोखराका सञ्चालक हुन् । बसको सहयोगी हुँदै बसकै मालिकसम्म बनेको अनुभव राजनसँग छ । जीवनको छोटो समयमै सङ्घर्षको लामो इतिहास रचिसकेका उनको जीवनले सङ्घर्ष र सफलता दुवैको स्वाद चाखिसकेको छ । युवा पर्यटन व्यवसायी उनी राजनीतिले युवाहरूलाई स्वरोजगारको मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्छन् । राजनीतिलाई शुद्ध बनाउनका लागि पनि युवावर्गलाई इलमी बनाउनुपर्नेमा उनको जोड छ । ‘सुसंस्कृत राजनीति बनाउने हो भने आजका युवालाई बेरोजगार हुन र बिदेसिनबाट रोक्नुपर्छ’ राजन भन्छन्, ‘युवाको क्षमता बुझेर यहीँ टिक्ने वातावरण नदिने हो भने सधैँ हाम्रो राजनीति फोहोरी खेल नै बनिरहन्छ, भ्रष्टाचारमुक्त हुन सक्दैन ।’

पूर्णकालीन राजनीतिक कार्यकर्ता मात्रै होइन, आशालाग्दा युवा नेताको छवि राजनले बनाइसकेका छन् । रूपाका अधिकांश दुःखका बेला सम्झिइने पात्र बनेका राजनलाई रूपा-२ वासीले पक्कै पनि वडा अध्यक्षका रूपमा जिताउने विश्वास उनी व्यक्त गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP