Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
निर्वाचन स्थगित हुने प्रमुख निर्वाचन आयुक्तकाे आशंका, भन्छन्: रोकिए मुलुक दुर्घटनामा पर्छ – Sarangi News

जनकपुर। प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी ३० बैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशंका पुनः व्यक्त गरेका छन ।जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशंका व्क्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताएका छन ।

‘घोषित मितिको निर्वाचन रोकिएको खण्डमा मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न,’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनको माहौला बनाउने मिडियाले हो, अहिलेसम्म मिडियाले माहौल बनाएको छ, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।’

स्थानिय तहको निर्वाचन आउन २७ दिन बाँकी रहदाँ प्रमुख आयुक्तले निर्वाचन रोकिए दुर्घटनामा पर्ने निरन्तर अभिब्यक्ति दिईरहेका छन । गत साता पनि बिराटनगरमा निर्वाचन स्थगित गर्न नहुने तथा स्थगित भएमा मुलुक दुर्घटनामा जाने अभिब्यक्ति दिएका थिए । प्रमुख आयुक्तका अभिव्यक्तिलाई राजनीतिक बिश्लेषकहरुले गम्भीर रुपमा हेरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP