Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
‘…अ‍‍‍ब तिमीले हेप्नै नसक्ने मान्छे बन्नेछौँ ।’- इश्वरा सिवा – Sarangi News

‘अ‍‍‍ब तिमीले हेप्नै नसक्ने मान्छे बन्नेछौँ ।’- इश्वरा सिवा

एक किराँती र हिन्दु क्षेत्री बाहुनको बिबाह हुँदा संस्कृति र संस्कार बिचमा आउँदैन..
एक किराँती र तामगुशेलाको बिबाह हुँदा संस्कृति र संस्कार बिचमा आउँदैन…
एक किराँती र बिदेशी ( भारतीय लगायत कुइरे प्रजाती जुनसुकै , अफ़्रिकि आदि ) बिच बिबाह हुँदा संस्कृति र संस्कार बिचमा आउँदैन..
अर्थात् , के को धर्म ? के को रितिरिवाज ? के को जात ? के को रास्ट्रियता ? भाँड मे जाये सब.. हामी सबै मान्छे !! भन्ने तिमी नै हैनौ र साथी ???
तर…
जब एक किराँती र दलित बिच बिबाह हुन खोज्छ तब संस्कृति र संस्कार बिचमा आउँछ..नामुद साहित्यकार , कत्राकत्रा खुंखार कम्युनिस्ट , भयंकर प्रगतिशील किराँतीको टाउको दुख्छ , मुटु फुट्न खोज्छ ..
अन्तत: जात बिचमा आउँछ !
यो सब अरू केही होइन , बस् हेपाहा प्रवृत्ति मात्र हो । दलितलाई मान्छे नमानेको प्रमाण हो बस् !
अनि भन्छौ ? हिन्दु धर्ममा मात्र विभेद छ ! हामी मासिन्या नमासिन्या सबै मतवाली एउटै हौ ! हामी विभेद गर्दैनौँ ! यी क्षेत्रीबाहुन विरुद्ध एकजुट भएर लड्नुपर्छ ! समाजवाद टाढा छैन !

तिमीले भन्दैमा हामीले पत्याउँछौ अब ? तिम्रो मुखले बोल्छ तर व्यबहारले प्रमाण दिन्छ साथी ! न खस-आर्य , न किँरात , न तामगुशेला , कोहि पनि हाम्रो दुश्मन होइन । हाम्रो दुश्मन बाहुनबाद हो । जब्बर जातब्यबस्था हो । अब , हामीले बुझिसक्यौ साथी । तिमी कथित ठुला जात सबैमा कुनै न कुनै मात्रामा बाहुनवाद छ ! हरेक धर्ममा विभेद छ । हरेक धर्म अफिम हो । त्यसैको आडमा तिमीले तिमी जस्तै अर्को साथीलाई हेप्छौ , थिच्छौ , पेल्छौ र कहिल्यै माथि उक्सन दिदैनौँ । ए मेरो अग्रगामी सोच भाको साथी , तिमीले मानव-मानव बिच समानता त ल्याउन चाहँदैनौ । समाजवाद त धेरै प…….रको कुरा हो ! तिम्रो आदर्श तिमी संगै राख !
अब हामीले तिम्रो दोहिरो चरित्र देखिसक्यौ । हाम्रो लडाइँ त विभेद गर्ने हरकोही विरुद्ध हो । हाम्रो लडाइँ बाहुनबाद बिरुद्ध हो । हाम्रो लडाइँ जातब्यबस्था विरुद्ध हो । अब हामीले शिक्षा , स्वास्थ , अर्थ लगायत हरेक क्षेत्रमा हस्तक्षेप गर्नैपर्छ । र गर्नेछौँ ! अब छिट्टै तिमीले हेप्नै नसक्ने मान्छे बन्नेछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP