२ वर्षपछि एसईई सुरु, म्याग्दीबाट २२ सय ४५ विद्यार्थी सहभागी – Sarangi News

प्रकाश अधिकारी

म्याग्दी । देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दी जिल्लाबाट दुई हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् ।

शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने एस.ई.ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा २ हजार २ सय ४५ जना विद्यार्थीहरु परीक्षामा सामेल हुने भएका हुन् ।
परिक्षर्थीमा नियमिततर्फ २ हजार २ सय ३७ जना सहभागी हुने भएका छन् । आंशिकतर्फका ८ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दल बहादुर थापाले सारङ्गी न्युजलाई जानकारी दिए ।

जिल्लाबाट पहिलो पटक संस्कृत विद्यालयबाट ९ जना र उज्यालो बैकल्पिक विद्यालयबाट ५ जना आमाहरुले पनि एसईई परीक्षा दिंदै छन् भने १७ जना अपाङ्गता भएका विद्यार्थीहरु सहभागी हुदै छन् । एसइईमा म्याग्दीबाट सहभागी हुनेमा छात्रको तुलनामा छात्रा बढी रहेका छन् । जिल्लामा अहिले १ हजार १ सय पचास जना छात्रा र १ हजार ९५ जनासहभागी हुन लागेका हुन् ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि आवश्यक सम्पुर्ण तयारी पुराभएको थापाले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र,उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री पठाइसकेको उनले जानकारी दिए ।

इकाई प्रमुख थापाका अनुसार एस.ई.ई परीक्षाको लागि जिल्लामा ३ र बाहिर ६ गरी ९ वटा परीक्षा केन्द्र तोकिएको छ । ९ वटा परीक्षा केन्द्रमा ९ केन्द्राध्यक्ष सहित १५ जना सहायक केन्द्राध्यक्ष, ११३ जना निरीक्षक, २० जना परीक्षा सहायक र ४७ जना सहयोगी गरि २ सय ४७ जना जनशक्ति परिचालन गरिएको थापाले जानकारी दिए । परीक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यपक नै सो केन्द्रका केन्द्राध्यक्ष बनाइएको छ ।

मालिकामा ३ सय ३२ 

म्याग्दीको मालिका गाँउपालिकाको जनप्रिय मावि, दरबाङ, परीक्षा केन्द्रमा धौलागिरी गाँउपालिकाको एक विद्यालय सहित ११ ओटा विद्यालय सहभागी भएका छन् ।  १ जना ग्रेड वृद्धि र ४ जना अपाङ्गता भएका विद्यार्थी सहित ३ सय ३२ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिए । जसमा १ सय ५५ जना छात्र छन् भने १७५ जना छात्रा रहेका छन् ।

देशैभरि एकै साथ संचालन हुने र एस.ई.ई परीक्षा शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

देशभरबाट ५ लाख १४ हजार भन्दा बढी सहभागी

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए ।

एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने जानकारी दिएका छन् ।

ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिए ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP