Trend
कक्षा कोठा २.०: कृत्रिम बौद्धिकताको जादू कि जाल ?  ||   रेडक्रसको जिल्लास्तरीय वक्तृत्वकलामा अमरसिंह माविकी मानसी प्रथम  ||   कमेरे भञ्ज्याङमा पहिरो, रामबजार साल्मे सडक अवरुद्द, भञ्ज्याङ बस्ती जोखिममा।  ||   ईप्रका भोर्लेटारका प्रनि- शर्माको अर्को सफलता, २ थान बन्दुक बरामद।  ||   सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।  ||   श्रावण महिनाको अन्तिम सोमबार शिवरात्रीको छनक ईशानेश्वर महादेव मन्दिरमा।  ||   लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||  
आइतबार , साउन ३१, २०८३
रेडक्रसको जिल्लास्तरीय वक्तृत्वकलामा अमरसिंह माविकी मानसी प्रथम – Sarangi News

पोखरा, साउन ३० गते । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल, बालमन्दिर मावि, पोखरा-३, नदीपुरको व्यवस्थापनमा सम्पन्न कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा अमरसिंह माविकी मानसी खनाल प्रथम भएकी छन् ।

कास्कीका ३४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कास्की मोडर्नाइज्ड एकेडेमीकी श्रेया क्षेत्री द्वितीय, मदरल्यान्ड माविकी दीपशिखा क्षेत्री तृतीय तथा लक्ष्मीआदर्श माविकी किन्सल पौडेल र त्रिभुवनशान्ति माविका टङ्कबहादुर चर्माले सान्त्वना स्थान प्राप्त गरेका थिए । ‘मानवता र सेवामा जुनियर युवाः वर्तमान चुनौती, अवसर र हाम्रो जिम्मेवारी’ शीर्षकमा भएको प्रतियोगिताका निर्णायकहरूमा बाबुराम सुवेदी, रुपिन्द्र प्रभावी र डिल्लीराम बराल रहेका थिए । विजेताले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २/२ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

नेपाल जुनियर रेडक्रस सर्कल, बालमन्दिर माविका अध्यक्ष गगल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्‌घाटन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले रेडक्रसले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका अलावा विद्यार्थीलाई संस्कारयुक्त, मानवीय सेवामा समर्पित गर्ने र विपत्‌का वेलामा काम गर्न अग्रसर बनाउने अभियान सञ्चालन गरेको बताए । मानवतालाई आधुनिक प्रविधि र प्रवृत्तिले चुनौती दिँदै सेवाभाव हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई मानवता र सेवाभाव जगाउन कार्यक्रमले योगदान गर्ने उनको विश्वास थियो । आचार्यले मानवमूल्य आजका पुस्ताले बुझ्नुपर्नेमा जोड दिए । आफूले जानेको कुरा व्यवहारमा उतार्न उनले विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, कास्कीका मन्त्री सन्तोष अधिकारीले रेडक्रसले विद्यार्थीका प्रतिभा प्रस्फुटन गराउनका लागि मात्र नभई उनीहरूमा सेवाभाव जगाउन पनि आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

शाखाका उपमन्त्री तथा जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले आजका जुनियर युवालाई मानवताप्रति प्रतिबद्ध बनाउनका लागि यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा बालमन्दिर माविका प्रधानाध्यापक सुशील बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमणप्रसाद श्रेष्ठ, शिक्षक नायक विन्दुसागर पराजुली, सहशिक्षक नायक षडङ्गराज शर्मा, कार्यमूलक नेपाली व्याकरणका लेखक तथा निर्णायक समितिका सदस्य बाबुराम सुवेदीलगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP