Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बिहिबार , भाद्र २५, २०८३
नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न। – Sarangi News

पोखरा(कास्की)- पोखरामा विगत लामो समयदेखि क्रियाशील नेपाली भाषा शिक्षक परिषद् नेपाली भाषाको उन्नयनका लागि  ” भाषा सभ्यताको संवाहक हो ” भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाली भाषा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। कहिले नेपाली भाषा शिक्षकहरूका लागि त कहिले विभिन्न तहका विद्यार्थीहरूका लागि कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै क्रममा शनिवार पोखरा महानगरपालिका वडा नं.४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आधारभूत तहको कक्षा ५ कक्षा सम्मका विद्यार्थीहरू बिच नेपाली श्रुतिलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विक्रम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विशिष्ट अतिथि कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले तल्लो तहदेखि नै विद्यार्थीहरूमा धैर्यताका साथ सुन्न सक्ने र सुनेको आधारमा व्यक्त गर्ने सीपको विकासका लागि यस्ता खालको कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष डिल्लीराम अर्याल, पूर्व सचिव भानुभक्त पोख्रेल र उपाध्यक्ष इन्दिरा सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा विभिन्न संस्थागत तथा सामुदायिक गरी जम्मा ६५ विद्यालयले सहभागिता जनाएको थियो। जसमध्ये पोखरा पब्लिक स्कुलका अनिश पोख्रेल प्रथम भएका छन् । मदरल्याण्ड माध्यमिक विद्यालयका आभाष पौडेल द्वितीय, स्टेप बाइ स्टेप माध्यमिक विद्यालयकी शुभेच्छा गिरी तृतीय भएकी छिन् भने गुरुकुल विद्या सदनकी इभान्सी बराल चौँथो भएकी छिन्। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत जीवन रेग्मीले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै हामी ठुलो मान्छे होइन कि असल नागरिक हुनुपर्छ ।जब  हामी असल र अनुशासित हुन्छौँ, त्यसपछि सफलता स्वत: प्राप्त हुने कुरामा जोड दिएका थिए।

श्रुतिलेखन प्रतियोगिता परिषद्का सदस्य पोष्टराज सुवेदीको संयोजकत्वमा र महासचिव शिवहरि सुवेदीको सञ्चालनमा सम्पन्न भएको कुरा सचिव शशि शिशिर ढुङ्गानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP