Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बिहिबार , भाद्र २५, २०८३
मध्यनेपाल नगरपालिकाले पोखरामा एकीकृत घुम्ती शिविर सन्चालन। – Sarangi News

पोखरा(कास्की)- लमजुङको मध्यनेपाल नगरपालिकाले पोखरामा हिजो बुधबार भाद्र ०३ देखि आइतबार भाद्र ०७ गतेसम्मका लागी एकीकृत घुम्ति शिविर सन्चालन गरेको छ। नगरपालिका भरिका स्थायी बासी, पोखरा र पोखरा आसपासका क्षेत्रमा अस्थायी रुपमा बसोबास गर्दै आएका नागरिकहरुलाई लक्षित उक्त शिविर सन्चालन गरिएको हो।

पोखरा महानगरपालिका वडा नं १० शिव चोक रहेको जनप्रीय टोलमा स्थित डडुवा दुर्छा समाजको भवनमा सन्चालित शिविरमा सामजिक शुरक्षा भत्ता नविकरण, व्यक्तीगत घटना दर्ता, मालपोत तथा सम्पत्ती कर सेवा लगायत नागरिकता, पेन्सन, नाता प्रमाणित जस्ता अति आबश्यक सेवाका सिफारिसहरुको काम भएको छ।

उक्त शिविर बिहान ०८ बजेदेखी बेलुका ०६ बजेसम्मको समयमा सेवाग्राहीहरुले सेवा सन्चालन भै रहेको छ। जुन सेवा दिनका लागि नगरपालिकाको तर्फबाट आलेप अधिकृत श्री विकास सुवेदी, एम आइ एस अपरेटर प्रकाश खनाल, कम्प्युटर अपरेटर अनिल कुँवर, वडा सचिव संजय कुनार शाह छन भने वडा नं ०८ का वडा अध्यक्ष चन्द्र प्रसाद गुरुङ र वडा सदस्य हस्त बहादुर गुरुङ समेत खटिएका छन।

उक्त सेवामा हिजो ०३ गते र आज भाद्र ०४ गते गरेर मालपोत/सम्पत्ति कर दाता संख्या ११९ जना, सामाजिक सुरक्षा लाभग्राही नविकरण संख्या ८७ जना, व्यक्तिगत घटना दर्ता ११ जना, नागरिकता, पेन्सन, नाता प्रमाणित सिफारिस जस्ता अन्य विविध सेवा लिनेहरुको संख्या १४ जना रहेको थियो।  वडा नं ०८ का वडा अध्यक्ष चन्द्र प्रसाद गुरुङका अनुसार अधिकाँश ०८ नं वडाको सेवाग्राही एवम लाभग्राही पाईएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP