Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते। – Sarangi News

मध्यनेपाल:- लमजुङको मध्यनेपाल नगरपालिका वडा नं .७ भाटबेशी स्थितमा चितिखोला बाट भाटबेशिमा ल्याएको कुलो भत्किन गई विष्णु दत्त सुवेदिको २ तले ढुङ्गा माटोले बनेको कच्ची धन्सार गत राती २:३५ बजे भत्किएको थियो। घर भत्किएको जानाकारी पाउने बित्तिकै उक्त घरमा अस्थाई बसोवास गर्ने मर्स्याङ्दी गाउपालिका ०१ घनपोखरा नायुका टिक बहादुर विकका परिवारलाई ईप्रका भोर्लेटारका प्रहरी प्रमुख प्रहरी निरिक्षक ध्रुव प्रससादको टोलिले उद्दार गरेको थियो।

उक्त घटनामा पुरिएको बाबा टिक बहादुर बिक बर्ष ५९ को र कान्छी छोरी विनिता विक बर्ष १५ को गम्भीर घाइते अवस्थामा तत्कालै पोखरा पश्चिमान्चल अस्पताल पोखरा पठाईएको थियो भने आमा सुक कुमारी विक बर्ष ५० को र अर्की छोरी अस्मिता विक बर्ष १६ लाइ घाइते अवस्थामा प्रहरीले उद्दार गरि रामबजार स्वास्थ्य चौकी ल्याईएको थियो।

गम्भीर घाइते अवस्थामा पोखरा पठाएका बुवा टिक बहादुर विक र विनिता विक बिहान करिब ५:५५ बजे पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराले मृत घोषणा गरेको ईप्रका भोर्लेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानाकारी गराउनु भएको थियो। प्रहरीका अनुसार कुलो भत्किएर आएको पानीले घर भत्काएको बताएको छन भने थप अनुसन्धान भै रहेको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP