Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
माओवादीले खोल्यो खाता : मनाङमा अध्यक्ष च्योल्पा गुरूङ सहित सबै सदस्य निर्विरोध निर्वाचित – Sarangi News

मनाङ । स्थानीय तहको मनोनयन दर्ता सम्पन्न नहुँदै एक स्थानीय तहको वडाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । योसँगै पहिलो खाता भने माओवादी केन्द्रको हातमा परेको छ ।

जिल्लाको नेस्याँङ गाउँपालिका– ९ मा माओवादीको उम्मेदवारसहित सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएका हुन् । वडाध्यक्षमा माओवादी केन्द्रकी च्योल्पा गुरूङ निर्विरोध निर्वाचित भएकी छन् भने सदस्यहरूमा अनिल गुरूङ, धनबहादुर गुरूङ पनि निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा रिया गुरूङ र दलित सदस्यमा सुष्मिता सेन्चुरी पनि निर्विरोध निर्वाचन भएका हुन् । निर्वाचन समितिले भने सबैको नाम पालिकाको अन्तिम मतगणना भएपछि मात्रै घोषणा गर्नेछ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP