Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
‘तीन खान’लाई साख जोगाउने चुनौती, यसताे छ कारण – Sarangi News

काठमाडौं । बलिउडका ‘तीन खान’ शाहरुख खान, आमिर खान र सलमान खानको भारतमा मात्रै नभई विश्वभर ठूलो संख्यामा प्रशंसकहरु छन् । उनीहरुका फिल्म प्रायः प्रशंसकका लागि उत्सवको रूपमा आउँछन् र विश्वव्यापी बजारमा पैसा छाप्ने मेसिन बन्छन् ।

तर पछिल्लो समय यी मेगास्टारत्रय बक्स अफिसमा संघर्ष गरिरहेका छन् किनभने उनीहरु अभिनित फिल्मले दर्शकको मन जित्न सकेनन् ।तीनै खानका लागि उनीहरूका आगामी फिल्मले दर्शकको मन मात्र जितेर हुँदैन, बक्स अफिसमा विजेता बन्नुपर्ने चुनौती पनि छ ।

पछिल्लो फिल्ममा असफलता

दुर्भाग्यवश, तीनै खानका पछिल्ला फिल्मलाई दर्शकले राम्रो साथ दिएनन् । आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ र शाहरुख खानको ‘जिरो’ बक्स अफिसमा असफल साबित भए । अर्कोतर्फ कोरोना महामारीका कारण ओटीटी प्लेटफर्ममा रिलिज भएको सलमान खानको ‘राधे’ले फ्यान र ट्रेड विश्लेषकबाट नकारात्मक समीक्षा बटुल्यो ।

लामो अन्तर

तीनै खान लामो समयदेखि पर्दाबाट टाढा छन् । उनीहरूका पछिल्ला फिल्मले जादू सिर्जना गर्न असफल भएकाले फ्यानहरू आफ्ना मनपर्ने स्टारले बक्स अफिसमा आक्रामक पुनरागमन गर्ने आशा गरिरहेका छन् । आमिर र शाहरुखका पछिल्ला फिल्म सिनेमा हलमा रिलिज हुँदा सलमानको ‘राधे’ गत वर्ष कोरोना संकटको कारण ओटीटीमा रिलिज भएको थियो ।

दर्शकको प्राथमिकता

पछिल्ला केही वर्षमा जहाँ हामीले महामारीको अवस्थाका कारण बलिउडमा फिल्म रिलिजमा कमी देख्यौं, दक्षिण भारतीय फिल्मले उत्तरी क्षेत्रमा प्रभुत्व जमाउँदै अहिले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । अल्लु अर्जुनको ‘पुष्पा’, जुनियर एनटीआर र राम चरणको ‘आरआरआर’ र यशको ‘केजीएफ–२’ हालसालै दक्षिण भारतीय ब्लकबस्टर फिल्म साबित भए । हिन्दीमा डब गरिएका यी फिल्मले मुम्बई, दिल्लीसहितका क्षेत्रमा पैसा छाप्न सफल रहे ।

त्यसैले सलमान, शाहरुख र आमिरको लागि यो अव्यवस्था तोड्नु र आफ्ना फ्यानहरूलाई बलिउडले पनि उत्कृष्ट फिल्म बनाउन सक्छ भन्ने विश्वास दिलाउनका लागि काम गर्नुपर्ने चुनौती छ ।

बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान यो वर्षको अगस्टमा ‘लाल सिंह चड्डा’बाट दर्शकमाझ आउँदैछन् । अद्वेत चन्दनद्वारा निर्देशित यस फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि प्रमुख भूमिका रहेको छ ।

अर्कोतर्फ सलमान अर्को पटक फरहाद सामजी निर्देशित ‘कभी ईद कभी दिवाली’मा देखिनेछन् । साजिद नाडियाडवालाले निर्माण गरेको यस फिल्ममा पूजा हेग्डेको पनि मुख्य भूमिका छ । यो फिल्म ३० डिसेम्बर २०२२ मा रिलिज हुनेछ ।

बलिउड बादशाह भनिने शाहरुख खानको फिल्म ‘पठान’ पनि आउने तयारीमा छ, जसमा दीपिका पादुकोण र जोन अब्राहम पनि देखिनेछन् । ‘वार’ र ‘ब्याङ ब्याङ’ फेम्ड सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्म यशराज फिल्मको ब्यानरमा बन्न लागेको हो । यो जनवरी २३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP