Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
केशव स्थापितले ‘मिटु’ बारे प्रश्न साेध्ने अभियानकर्मीलाई गरे दुर्व्यवहार (भिडियाे सहित) – Sarangi News

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक कार्यक्रममा आफूलाई प्रश्न गर्ने अभियानकर्मीलाई दुर्व्यवहार गरेका छन्।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनीमाथि लागेको यौनदुर्व्यवहारको आरोपबारे प्रश्न सोध्दा अभियानकर्मी भावना राउतलाई स्थापितले दुर्व्यवहार गरेका हुन्।            https://youtube.com/shorts/hLLMQBKYybU?feature=share

काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी राउतले ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन्।

‘केशव स्थापितलाई मिटु अभियानका क्रममा लागेको यौन दुर्व्यवहार आरोपबारे मलाई आफैं प्रश्न सोध्न मन थियो। त्यसैले मैले उहाँलाई उक्त आरोपबारे सोधेकी थिएँ,’ राउतले सेतोपाटीसँग भनिन्।

स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए। त्यसपछि राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्‍यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ’ भनेर सोधेकी थिइन्।

राउतका अनुसार त्यसपछि स्थापित जंगिए।

उनले भनिन्, उहाँ बसेको ठाउँबाट जंगिदै उठ्नुभयो। र चोर औंला देखाउँदै भन्नुभयो- यु आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक भएन।’

स्थापित जंगिएपछि होहल्ला भएको थियो। राउतका अनुसार अन्तरक्रियामा सहभागी विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले पनि स्थापितको व्यवहारप्रति मञ्चमै आपत्ति जनाइन्।

‘समीक्षाजीले स्थापितलाई तपाईंले यस्तो व्यवहार गर्न मिल्दैन भन्नुभएको थियो,’ राउतले भनिन्।

चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए।

आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए। विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मिटू’ भनेर चिनिएको थियो।

रश्मिला र उज्जलाले लगाएको आरोपबारे सेतोपाटीले त्यतिबेलै समाचार लेखेको थियो। स्थापितले भने आफूमाथि लागेको आरोप झूटो भन्दै कानुनी कारबाहीमा जाने बताएका थिए। तर उनले कुनै कारबाहीको बाटो अपनाएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP