काे हुन ज्याेति लामिछाने ? बेनीकाे उपमेयरमा जीत कति नजिक ? – Sarangi News

आसन्न स्थानीय तह निर्वाचनका लागि  बेनी नगरपालिकाको उप मेयरका लागि नेकपा माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी ज्याेति लामिछाने पाैडेल विजयकाे नजिक पुगेकी छिन्। नगरपालिकामा नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा आज चुनाबी तालमेल भएको छ । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेकाे छ । सहमती अनुसार, काँग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादीका मेयरका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादीका मेयरका उम्मेदवार र काँग्रेसका उपमेयरका उम्मेदवारको मनोनयन फिर्ता गराइएको थियो । त्यसैगरि माओवादी केन्द्रका उपमेयरका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ ।

पाँच दलिय गठबन्धनमा सहमती नभएपनि अन्तीम चरणमा काँग्रेस र माओवादीबिच मेयर उपमेयरमा चुनाबी तालमेलको सहमती भएको हो ।

काे हुन ज्याेति लामिछाने ?

“समुन्नत नगर, समुन्नत गाँउ । स्थानिय सरकारमा माओवादी केन्द्र जिताऔँ ” भन्ने उद्घाेषका साथ चुनावी अभियानमा हाेमिएकी छिन् ।  अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष  लामिछाने प्रखर युवा नेतृ तथा  नेतृत्वदायी भुमीका निर्वाह गर्न सक्ने क्षमतावान व्यक्तीको रुपमा परिचित छन् । उनकाे आगामी राजनैतिक भविष्य नाम जस्तै चम्किलाे देखिन्छ ।

२०५९ मा जनता सुदर्शन माविमा अखिल क्रान्तिकारी इकाइ कमिटीको सदस्यबाट राजनीतिक यात्रा सुरू गरेकी लामिछाने २०७२/७३ सालकाे दाेस्राे जनआन्दोलनमा अखिलको मोर्चा सम्हालेकी थिइन् ।  २०७२ सालामै नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघकाे जिल्ला संयाेजक हुँदै केन्द्रिय सदस्य भैकेकी थिइन् ।  दुई दशक देखि नेकपा माओवादी केन्द्र सक्रिय राजनिति मार्फत भुइमान्छेले महसुस गर्ने मुलुककाे मुहार फेर्ने महाअभियानमा हाेमिएकी लामिछानेलाई कतिपयले बेनी नगरपालिकाको उप मेयरकाे निर्विकल्पकाे रूपमा हेरेका छन् ।

हाल नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य उनि दिदि बहिनी सहरकारीकी अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महांसघ जिल्ला संयाेजक, जिल्ला सहकारी संघ म्याग्दी सचिव तथा गैसस महासंघकाे काेषाध्यक्ष लगायत एक दर्जन सामाजिक,शैक्षिक तथा पराेपकारी संस्थामा संलग्न लामिछाने पार्टीमा उनी कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोही अनुसार योजना निर्माण गर्ने क्षमता राख्ने नेतामा पर्छिन्।

हार-जीतकाे अंक गणित

एक नगरपालिका सहित ५ स्थानीय तह रहेकाे म्याग्दीमा अहिले ८५ हजार ३ सय ७५ मतदाता कायम छन् ७४ मतदान स्थल १४४ मतदान केन्द् छन्र । ०७४ काे चुनावमा ७१ हजार ४६३जना मतदाता थिए १३ हजार ९ सय १२ मतदाता थपिएका छन् ।

बेनीमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन एमाले र राप्रपा संग चुनाव लडेको थियो । अघिल्लो निर्वाचनमा उपमेयरमा  सन्जु बरूवालले ३९हजार ९५ मत  प्राप्त गरी विजयी हुँदा  लामिछाने ३४ मतले पराजित भएकी थिइन् । उनले ३९हजार ६१ मत प्राप्त गरेकी थिइन् । नेकपा माओवादी केन्द्रले उपमेयरमा लामिछानेलाई नै दोहोर्‍याएको छ ।

एक नगरपालिका सहित ५ स्थानीय तह रकेकाे म्याग्दीमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ४ सय ६३ जना मतदाता  रहेको बेनी नगरपालिकामा यस पटक भने  १३ हजार ९ सय १२ मतदाता  थपिएका छन् । निर्वाचन कार्यालय बनीका अनुसार हाल बेनी नगरपालिकाको मतदाता संख्या ८५ हजार ३ सय ७५ छ । ७४ मतदान स्थल १४४ मतदान केन्द्र कायम गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP