Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
बेनी नगरपालिकामा काँग्रेस र माओवादीकाे उम्मेदवारी फिर्ता लिएर चुनाबी तालमेल – Sarangi News

म्याग्दी  । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा चुनाबी तालमेल भएको छ ।

मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो । पाँच दलिय गठबन्धनमा सहमती नभएपनि अन्तीम चरणमा काँग्रेस र माओवादीबिच मेयर उपमेयरमा चुनाबी तालमेलको सहमती भएको हो ।

सहमती अनुसार, काँग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादीका मेयरका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादीका मेयरका उम्मेदवार र काँग्रेसका उपमेयरका उम्मेदवारको मनोनयन फिर्ता गराइएको थियो ।

त्यसैगरि माओवादी केन्द्रका उपमेयरका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ । बेनी नगरपालिकामा काँग्रेसर माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ वडामा समेत चुनाबी तालमेल गरेका छन् । यसैबिच सत्ता साझेदार नेकपा (एकिकृत समाजवादी) म्याग्दीमा चुनाबी गठबन्धनबाट अगल भएको छ । काँग्रेस र माओवादीले चुनाबी तालमेलमा वेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुको साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी समेत सबै फिर्ता गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP