Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
एमाले सचिव र मेयरका उम्मेदवार सुरत केसीको ‘रंगिला संवाद’ छरपस्ट (भिडियाे सहित) – Sarangi News

राष्ट्रपतिको हातबाट पदक पाएको १० दिनमै पूर्वको ताप्लेजुङकी मालपोत हाकिम लेखा पनेरु रङ्गे हात समातिएको चर्चा सेलाउन नपाउँदै पश्चिममा समेत यसरी नै रास्ट्रपतिद्वारा पुरस्कृत त्यस्तै एक होनहार पात्रको चपाउने दाँत सार्वजनिक भएको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिकाका मेयर उम्मेदवारले महिलासँग छाडा सम्वाद गरेको अडियो-भिडियो आजै बाहिरिएको छ ।

हेर्नुहाेस भिडियाे

https://youtu.be/kVc7Hc20Axs

एमाले जिल्ला सचिव र हाल मेयर उम्मेदवार रहेका सुरत केसीले एक जना महिलासँग आफूले गरेको सहवासको बारेमा छाडा सम्वाद गरेको अडियो हो त्यो । संवादमा सँलग्न महिलासँग कमरेड केसीले धेरै जना महिलाको नाम लिएर ती सबैसँग आफूले शारीरिक सम्बन्ध राखेको स्वीकारेका छन् । ओछ्यानमा पल्टिएर फोन संवादमा जोडिएकी महिलालाई ‘म्याडम’ भनिएकाले उनी विवाहित रहेको सहजै अनुमान लगाउन सकिन्छ ।मेयर उम्मेदवार केसीले पोखरा गएको र बेनीमा रहेको बेला विपरित लिङ्गीहरुसँग गरिएको सहवासबारे सगर्व बताइरहँदा ती महिला हाँसेको मज्जैसङ्ग सुनिन्छ । केसीले गैह्र विवाहेत्तर अनैतिक सम्बन्धबारे शोभनलगायत अरु धेरैले हल्ला गरेको पनि ती महिलालाई बताएका छन् । महिलाले भने उनै शोभनलाई दाइ भनेर सम्बोधन गरेकी छन् ।

“सु” अक्षरबाट नाम शुरु भएकी महिलाले केसीले महिलाहरुसँग राखेको सम्बन्धबारे शोभनलाई भनिदिएको र त्यतैबाट जताततै गोपनीयता चुहिएको कुरालाई पनि कमरेडले सहज रुपमा लिएका छन् । टेलिफोन संवादको अन्तमा महिलाले सचिव कमरेडलाई ‘बोका’ को संज्ञा दिएकी छन् ।

केसी गत वर्षदेखि एमाले म्याग्दी जिल्ला कमिटीमा सचिव छन् । त्यसअघि जिल्ला सचिवालयमा थिए । विगतमा प्रेस चौतारी नेपालको जिल्ला कमिटी उपाध्यक्ष पनि रहे ।

छ वर्षअघि तत्कालीन पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनको स्वकीय सचिव थिए । उनलाई कोरोना महामारी व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवस २०७७ को उपलक्ष्यमा राष्ट्र यशोबर्धक पदक प्रदान गरिएको थियो ।

जनअास्थाबाट साभार लिंक यहाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP