Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
बरेङमा गठबन्धन विरुद्ध मनोनयन गरेका उम्मेदवारी फिर्ता – Sarangi News

 हुग्दिशिर । बरेङ गाउँपालिकामा गठबन्धन विरुद्ध मनोनयन दर्ता गरेका उम्मेदवारहरुले बिहिबार उम्मेदवारी फिर्ता गरेका छन् । गठबन्धनका उपाध्यक्ष दिलिपकुमार पुनका विरुद्द उपाध्यक्षमा मनोनयन गरेका कङ्ग्रेसका हुम बहादुर पुन, राजमोका दिलकुमारी पुन र माओवादीका काशिराम बिकले मनोनयन फिर्ता लिएका हुन् त्यस्तै गठबन्धन अध्यक्ष कृष्णप्रसाद शर्मा विरुद्ध मनोनयन दर्ता गरेकी माओवादीकि चिनिमाया कालाले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
गठबन्धनकै विरुद्ध वडा नम्बर २ को वडा अध्यक्षमा कङ्ग्रेसका श्याम बहादुर क्षेत्री,माओबादिका सन्त बहादुर थापा, सदस्य तर्फ श्यामलाल शर्मा, रन बहादुर पौडेल क्षेत्री र अमृता परियारले उम्मेदवारी फिर्ता लिएका छन् ।
गठबन्धनमा रहेका कङ्ग्रेसका वडा २ का सदस्य हेमराज शर्मा र राजमोका सदस्य चित्रबहादुर श्रीस ले पनि उम्मेदवारी फिर्ता लिनुपरेको छ । गठबन्धन विरुद्द उम्मेदवारी गरेका माओबादिले फिर्ता लिएपछी माओवादी मध्यका श्यामलाल शर्मा, रन बहादुर पौडेल क्षेत्रीले गठबन्धनबाट उम्मेदवारी पाउने भएका छन् ।
गठबन्धनमा खटपट भएपछी गठबन्धन विरुद्द उम्मेदवारी दर्ता भएका थिए । समस्या सुल्झाएपछी फिर्ता लिने र दर्ता गर्ने कार्य सम्प्न्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP