Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
बरेङमा गठबन्धन विरुद्ध मनोनयन गरेका उम्मेदवारी फिर्ता – Sarangi News

 हुग्दिशिर । बरेङ गाउँपालिकामा गठबन्धन विरुद्ध मनोनयन दर्ता गरेका उम्मेदवारहरुले बिहिबार उम्मेदवारी फिर्ता गरेका छन् । गठबन्धनका उपाध्यक्ष दिलिपकुमार पुनका विरुद्द उपाध्यक्षमा मनोनयन गरेका कङ्ग्रेसका हुम बहादुर पुन, राजमोका दिलकुमारी पुन र माओवादीका काशिराम बिकले मनोनयन फिर्ता लिएका हुन् त्यस्तै गठबन्धन अध्यक्ष कृष्णप्रसाद शर्मा विरुद्ध मनोनयन दर्ता गरेकी माओवादीकि चिनिमाया कालाले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
गठबन्धनकै विरुद्ध वडा नम्बर २ को वडा अध्यक्षमा कङ्ग्रेसका श्याम बहादुर क्षेत्री,माओबादिका सन्त बहादुर थापा, सदस्य तर्फ श्यामलाल शर्मा, रन बहादुर पौडेल क्षेत्री र अमृता परियारले उम्मेदवारी फिर्ता लिएका छन् ।
गठबन्धनमा रहेका कङ्ग्रेसका वडा २ का सदस्य हेमराज शर्मा र राजमोका सदस्य चित्रबहादुर श्रीस ले पनि उम्मेदवारी फिर्ता लिनुपरेको छ । गठबन्धन विरुद्द उम्मेदवारी गरेका माओबादिले फिर्ता लिएपछी माओवादी मध्यका श्यामलाल शर्मा, रन बहादुर पौडेल क्षेत्रीले गठबन्धनबाट उम्मेदवारी पाउने भएका छन् ।
गठबन्धनमा खटपट भएपछी गठबन्धन विरुद्द उम्मेदवारी दर्ता भएका थिए । समस्या सुल्झाएपछी फिर्ता लिने र दर्ता गर्ने कार्य सम्प्न्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP