Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
घरदैलोमा मत माग्दै रूपाका उम्मेद्‍वार – Sarangi News

पोखरा । रूपा गाउँपालिकालाई आगामी ५ वर्षे कार्यकालका लागि पुनः हाँक्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका गाउँपालिकाका निवर्तमान अध्यक्ष नवराज ओझासहितका उम्मेद्‍वारहरू घरदैलोमा व्यस्त रहेका छन् । नेकपा एमालेबाट उनीसहित उपाध्यक्षमा पनि निवर्तमान उपाध्यक्ष लालसुब्बा गुरुङ चुनावी मैदानमा छिन् ।

रूपाका ७ वटै वडामा टोल तथा वडा कमिटी परिचाल गरेर उमेद्वारको घरदैलो अभियान जारी राखिएको अध्यक्षका उम्मेद्वार नवराज ओझाले जानकारी दिएका छन् । आइतबार अध्यक्षका उमेद्वार ओझा, उपाध्यक्षकी उम्मेद्वार लालसुब्बा गुरुङ, वडा नं. ३ मा अध्यक्षका उम्मेद्वार दीपेन्द्र गौतमसहितको टोलीले वडा नं. ३ का पिपलटार, ठाँटीथर, छापपाखा, जैउचौर र मोहोरियाटारमा घरदैलो गरेका छन् ।

अघिल्लो पाँच वर्ष भौतिक विकासमा फड्को मारेको रुपा गाउँपालिकालाई अब आर्थिक, सामाजिक र मानवीय विकासमा अगाडि बढाउने वाचा गर्दै उमेद्वारले जनतासँग मत मागेका थिए ।

‘समृद्ध रुपा बनाउने अभियानमा छौं, अघिल्लो कार्यकाल बाटो, विद्यालय, खानेपानी, स्वास्थ्य क्षेत्रमा विकासका थुप्रै योजना सम्पन्न गरेका छौं, अब जनतालाई आर्थिक रुपमा मजबुत बनाउने र सबै हिसाबमा नेपालकै नमुना गाउँपालिका बनाउन सूर्य चिन्हमा मतदान गरेर विजयी गराउनुहुने छ भन्ने विश्वास लिएका छौं ।’ घरदैलोपछि कोणसभालाई सम्बोधन गर्दै अध्यक्षका उमेद्वार ओझाले भने ।

यसै गरी एमालेबाट नै वडा नम्बर २ का अध्यक्षका उम्मेद्‍वार राजन सुवेदी पनि आफ्नो टिमसहित नियमित घरदैलोमा जुटिरहेका छन् । वडा नम्बर २ मा लोकप्रिय युवा नेताको छवि बनाइसकेका सुवेदीले वडाभित्र शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकासका एजेन्डाहरू अघि सार्दै मत मागिरहेका छन् । उनको युवा जोशले वडा नम्बर २ लाई विकासको गतिमा पुर्‍याउने विश्वास लिएको मत माग्ने क्रममा स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP