Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
विनामारेमा गठबन्धनको घरदैलो तीब्र – Sarangi News

बिनामारे । चुनावी सरगर्मी बढेसगै जैमिनि नगरपालिका वडा नं ५ विनामारेमा पनि गठबन्धनका उम्मेदबारहरु मतदाताको घरदैलोमा पुगेका छ्न ।

“जनमतको सम्मान संबिधानको रक्षाका लागि राजनैतिक निकास,पाँच दलिय गठबन्धनको साझा संकल्प, विनामारेको विकास” भन्ने नारा सहित वडामा गठबन्धनका उम्मेदबारहरुले घरदैलो सहित मतदाताहरुको घरमा पुगि आर्शिवाद सहित मत मागेका थिए ।

आम मतदाताहरुले उम्मेदबारहरुलाई अहिलेको ‘बर्तमान अवस्थामा पाँच दलिय गठबन्धन नै आजको आवश्यकता रहेको बताउदै जितको’ शुभकामना समेत दिएका थिए ।
वडामा नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्ष ठग बहादुर क्षेत्री थापा,  नेकपा माओबादीका तर्फबाट महिला सदस्यमा लक्ष्मी देवि चापागाईं शर्मा, खुल्ला सदस्यमा राष्ट्रिय जनमोर्चाका तर्फबाट विष्णु शर्मा, महिला गीताकुमारी विक र दलित महिला सदस्यमा नेपाली काग्रेसको तर्फबाट मिनु विश्वकर्मा चुननावी मैदान रहेका छन ।

वडामा गठबन्धनका तर्फबाट अध्यक्षका प्रत्याशि ठग बहादुर क्षेत्री थापाले पाँच दलियको निति तथा कार्यक्रमहरु अरुको भन्दा उत्कृष्ट र जनताको अबस्था परिबर्तन गर्न सक्ने जनमुखी  रहेकाले आफुहरुको जित सुनिश्चित रहेको बताए । वडामा रहेका अधृरा र अपुरा कामहरुलाई गठबन्धनका उम्मेदबारहरुले पुरा गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा मतदाताहरुले आफ्नो टोलमा खानेपानि र निरिङ्गे संगारकोट हुँदै मुलावारीको सडकलाई थप ब्यस्थित गर्ने र जिर्ण बनेका सडकहरुलाई मर्मतको काम अघि बढाउन उम्मेदबारहरुलाई आग्रह गरेका थिए ।

निर्वतमान वडा अध्यक्ष गोपाल प्रसाद शर्माले बितेको ५ वर्षमा निकै महत्त्वपूर्ण योजना सुचारु गरिएको र बाँकी कार्य गर्न अहिलेको गठबन्धनलाई जिताउन मतादातालाई आग्रह गरे ।

घरदैलो अभियानको आज तेस्रो दिन साविकको वडा न ७ को मुलाबारी, पैयुंडाडा हुदै साविकको ९ कुसुन्डेमा रहेका मतदाताहरुको घरघरमा गइ मतदाताहरु सँग आफ्ना प्रतिबद्धता सहित मत मागेको संयुक्त चुनावी गठबन्धनका प्रचारप्रसार संयोजन लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP