Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
देशभक्त नेपालीले एमालेलाई मत दिएर विजयी गराउनुपर्छः उपमहासचिव गुरुङ – Sarangi News

लमजुङ। नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले भएकाले एमालेका उम्मेदावरहलाई देशभक्ती नेपालीहरुले एमालेलाई नै मत दिएर बिजयी गराउनुपर्ने बताउनुभएको छ ।

एमाले सुन्दरबजार नगरकमिटिद्धारा आज यस नगरको वडा नं. ९ मा चुनाव लक्षित विशाल भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । एमाले सरकारमा छँदा ठुला ठुला विकासका काम देखि भारतले मिचेको जमिन फिर्ता ल्याउन पहल गर्दै चुच्चे नक्शासमेत बनाएकाले एमाले देशको र जनताको लागि काम गर्ने पार्टी भएकाले सबैले मत दिएर एमाललेको जीत सुनिश्चत गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, सारा राष्ट्रभक्तहरुको नेतृत्व गरिरहेको एमालेलाई जिताएमा देशको रक्षा देखि विकास हुनेछ । नेता, पाटी भन्दापनि ठूलो राष्ट्र हुनुपर्छ । नेपाल आमालाई सबैले माया गर्नुपर्छ । सबैभन्दा ठूलो राष्ट्र हो भनेर एमाले हिडेकाले सबै जनतालले एमालेलाई भोट दिएर बिजयी गराउन आग्रह गर्नुभयो । नेता गुरुङले भन्नुभयो, सबैभन्दा ठूलो राष्ट्र हो, नेपाल आमालाई माया गर्ने, राष्ट्रवादी एमाले हो, एमाले हार्दा देश हार्छ एमालेले जित्दा देशको जित हुने उहाँको भनाई छ । पार्टी अध्यक्ष केपी शार्मा ओलीले अघि सार्नु भएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा सारा तीन करोड नेपालीको राष्ट्रिय आकांक्षा हो । यो राष्ट्रिय आकांक्षा पूरा गर्न र आफ्नो कतव्र्य ठानेर काम गरिरहेको पार्टी एमाले रहेकाले मुलुकको समृद्धि, विकास चाहनेहरुले एमालेलाई सबैले साथ दिन जरुरी रहेको एमाले नेता गुरुङले भन्नुभयो । ती आकांक्षा पूरा गर्नका लागि एमाले सरकारमा पुग्नुपर्ने भएकाले अमूल्य मतको सदुपयोग गर्न एमालेलाई भोट दिनुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP