Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
देशभक्त नेपालीले एमालेलाई मत दिएर विजयी गराउनुपर्छः उपमहासचिव गुरुङ – Sarangi News

लमजुङ। नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले भएकाले एमालेका उम्मेदावरहलाई देशभक्ती नेपालीहरुले एमालेलाई नै मत दिएर बिजयी गराउनुपर्ने बताउनुभएको छ ।

एमाले सुन्दरबजार नगरकमिटिद्धारा आज यस नगरको वडा नं. ९ मा चुनाव लक्षित विशाल भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । एमाले सरकारमा छँदा ठुला ठुला विकासका काम देखि भारतले मिचेको जमिन फिर्ता ल्याउन पहल गर्दै चुच्चे नक्शासमेत बनाएकाले एमाले देशको र जनताको लागि काम गर्ने पार्टी भएकाले सबैले मत दिएर एमाललेको जीत सुनिश्चत गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, सारा राष्ट्रभक्तहरुको नेतृत्व गरिरहेको एमालेलाई जिताएमा देशको रक्षा देखि विकास हुनेछ । नेता, पाटी भन्दापनि ठूलो राष्ट्र हुनुपर्छ । नेपाल आमालाई सबैले माया गर्नुपर्छ । सबैभन्दा ठूलो राष्ट्र हो भनेर एमाले हिडेकाले सबै जनतालले एमालेलाई भोट दिएर बिजयी गराउन आग्रह गर्नुभयो । नेता गुरुङले भन्नुभयो, सबैभन्दा ठूलो राष्ट्र हो, नेपाल आमालाई माया गर्ने, राष्ट्रवादी एमाले हो, एमाले हार्दा देश हार्छ एमालेले जित्दा देशको जित हुने उहाँको भनाई छ । पार्टी अध्यक्ष केपी शार्मा ओलीले अघि सार्नु भएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा सारा तीन करोड नेपालीको राष्ट्रिय आकांक्षा हो । यो राष्ट्रिय आकांक्षा पूरा गर्न र आफ्नो कतव्र्य ठानेर काम गरिरहेको पार्टी एमाले रहेकाले मुलुकको समृद्धि, विकास चाहनेहरुले एमालेलाई सबैले साथ दिन जरुरी रहेको एमाले नेता गुरुङले भन्नुभयो । ती आकांक्षा पूरा गर्नका लागि एमाले सरकारमा पुग्नुपर्ने भएकाले अमूल्य मतको सदुपयोग गर्न एमालेलाई भोट दिनुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP