विनामारेमा गठबन्धनको बृहत चुनावी सभा, कसले के भने ? – Sarangi News

विनामारे । चुनावी सरगर्मी बढेसगै जैमिनि नगरपालिका वडा नं ५ विनामारे मा पनि गठबन्धनले बृहत चुनावी सभा सम्पन्न गरेको छ ।

“जनमतको सम्मान संबिधानको रक्षाका लागि राजनैतिक निकास,पाँच दलिय गठबन्धनको साझा संकल्प, जैमिनिको विकास” भन्ने नारा सहित वडामा गठबन्धनका उम्मेदबारहरुले जम्बोटोली सहित विनामारेका मतदाताहरु विचमा पुगेर आर्शिवाद सहित मत मागेका थिए ।

गठबन्धनका जैमिनी नगरका मेयरका प्रत्याशी नर बहादुर पुनले बर्तमान अवस्थामा पाँच दलिय गठबन्धन नै आजको आवश्यकता रहेको जिकिर गरे ।पुनले जान्नेहरुलाई विकासको जिम्मेवारी दिने गरि जैमिनि नगरको गुरुयोजना बनायाएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । पुनले उत्पादनमा जोड दिंदै जनताले महसुस गर्ने गरि “सेवाको डेलिबरी” गरिने बताए ।

उपमेयरका प्रत्याशी हरिहर शर्माले समग्र जैमिनिको समृद्धि र विकासको लागि गठबन्धनको विकल्प नभएको बताए ।
सेवाग्राहीलाई ब्यबस्थित र प्रभाकारी सेवाको प्रत्याभूति र सुशासन प्रमुख प्राथमिकता राखेर चुनावी मैदानमा होमिएको बताए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य घनश्याम न्यौपानेले जैमिनिका ५२ सिटमा गठबन्धनलाई हार्न छुट नभएको बताए यता नेकपा माओवादी केन्द्रका नेता सोभाखर शर्मा र एकीकृत समाजबादीका सचिवालय सदस्य भरत बिकले जनताको लामो संघर्ष र बलिदानीले बनेको संघीय गणतन्त्र र संविधान जोगाउन गठनबन्धनलाई भोट दिन मतदातालाई आग्रह गरे ।

जैमिनी ५ बिनामारेमा नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्ष ठग बहादुर क्षेत्री थापा, खुलासदस्य नेकपा माओबादीका तर्फबाट महिला सदस्यमा लक्ष्मी देवि चापागाईं शर्मा, खुल्ला सदस्यमा राष्ट्रिय जनमोर्चाका तर्फबाट विष्णु शर्मा, महिला गीताकुमारी विक र दलित महिला सदस्यमा नेपाली काग्रेसको तर्फबाट मिनु विश्वकर्मा चुननावी मैदान रहेका छन ।

वडामा गठबन्धनका तर्फबाट अध्यक्षका प्रत्याशि ठग बहादुर क्षेत्री थापाले पाँच दलियको निति तथा कार्यक्रमहरु अरुको भन्दा उत्कृष्ट रहेकाले आफुहरुको जित सुनिश्चित रहेको बताए । वडामा रहेका अधृरा र अपुरा कामहरुलाई गठबन्धनका उम्मेदबारहरुले पुरा गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
अध्यक्ष गोपाल प्रसाद शर्माले बितेको ५ वर्षमा निकै महत्त्वपूर्ण योजना सुचारु गरिएको र बाँकी कार्य गर्न अहिलेको गठबन्धनलाई जिताउन मतादातालाई आग्रह गरे ।

चुनावी सभालाई वडा अध्यक्ष गोपालप्रसाद शर्माले स्वागत गरेका थिए ।
नेपाली कांग्रेस वडा सभापति खुबबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको सभाजो संचालन प्रदिप पन्तले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP