Trend
कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||   अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||  
बुधबार , असार २४, २०८३
भारतले अतिक्रमण गरेको तिंकर र छाङरुमा पुग्यो निर्वाचन टोली – Sarangi News

भारतले अतिक्रमण गरेको दार्चुलाको दाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ ।

व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा मतदान अधिकृत मोहनसिंह धामी र कैलाशपति आधारभूत विद्यालय छाडरूमा मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली सोमबार बिहानै खलंगाबाट सेनाको हेलिकोप्टरमा उडेका हुन् ।

तिंकरमा दुई सय ३१ र छाडरूमा तीन सय ६५ मतदाता छन् । ६ महिना खलंगा र ६ महिना गाउँमा बस्ने यहाँका नागरिक निर्वाचनका लागि गाउँ उक्लिन थालेका छन् । नेपालतर्फको बाटो बिग्रिएकाले भारतीय बाटो प्रयोग गरेर जाँदै छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

स्याटेलाइटबाट जनगणना गरिएको अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP