Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
भोट दिएर जिताउने जिम्मा तपाईँको, पालिकाको विकास गर्ने जिम्मा मेरोः अध्यक्ष उम्मेदवार अधिकारी – Sarangi News

लमजुङ । जिल्लास्थित दोर्दी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेदावर युवराज अधिकारीले आफूलाई भोट दिएर जिताउने जिम्मा मतदाताको रहेको र पालिकाको विकास गर्ने जिम्मा मेरो भन्दै आफूलाई जिताएर विकास गर्ने मौका दिनुपर्ने बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसार तथा घरदैलो अभियानको अन्तिम दिन आज पालिकाको वडा नं. ५ पाचोकका मतदाता सामु भोट माग्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

        उहाँले भन्नुभयो, आफूसँग धेरै विकासका खाका रहेको र मतदाताले आफूलाई भोट दिएर समग्र पालिकाको विकास गर्ने मौका दिनका लागि यसपालिका विजयी गराउन मतदान गर्नलाई उहाँले मतदाता सामु आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधी बनेपछि शासक नभई जनताका सेवक बन्दै शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, पूर्वाधार विकास,स्थानीय भाषा, कला संस्कृतिको संरक्षण लगायतका विभिन्न नीति तथा योजनालाई प्राथमिकताका साथ जनताको चाहना अनुरुप काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । पालिकालाई प्रविधिमैत्री पालिका बनाउनेदेखि भ्रष्टार मुक्त पालिका बनाउने बताउनभुयो ।

       अन्य उम्मेदावरहरु भन्दा आफू र आफ्नो टिम सक्षम भएकाले यसपालिका सबै मतदाताले मौका दिएर पालिकाको विकास गर्ने अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाई छ । त्यस्तै, उपाध्यक्षका उम्मेदावर उषा गुरुङले आफू र आफ्नो टिमले जितेमा पालिकामा रहेका महिला, युवा, अन्तिविपन्न वर्ग, ज्येष्ठ नागरिक देखि बालबालिकाहरुलाई प्राथमिकतामा राखेर उनीहरुको हित हुने गरी अघि बढ्ने बताउनुभयो ।

       उहाँले आफ्नो टिम विजयी भएमानौथर शेरा हिलेबजार र कीर्तिपुर बजार क्षेत्रलाई व्यवस्थित पूर्वाधार विकास र योजनावद्ध शहरी किवासको मोडलको विकास गर्ने, खेतियोग्य जमिनलाई आवासको रुपमा प्रयोग गर्न र प्लाटिङ गर्न रोक लगाउने  लिपे पदमार्ग, बराहपोखरी, मेमेपोखरी, हिमालचुली बेस क्याम्प पदमार्ग सुधारको लागि, पदमार्ग सुधान गर्नुका साथै पर्यटन व्यवस्थापन र होमस्टे संचालनमा जोड दिने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP