Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
भोट दिएर जिताउने जिम्मा तपाईँको, पालिकाको विकास गर्ने जिम्मा मेरोः अध्यक्ष उम्मेदवार अधिकारी – Sarangi News

लमजुङ । जिल्लास्थित दोर्दी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेदावर युवराज अधिकारीले आफूलाई भोट दिएर जिताउने जिम्मा मतदाताको रहेको र पालिकाको विकास गर्ने जिम्मा मेरो भन्दै आफूलाई जिताएर विकास गर्ने मौका दिनुपर्ने बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसार तथा घरदैलो अभियानको अन्तिम दिन आज पालिकाको वडा नं. ५ पाचोकका मतदाता सामु भोट माग्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

        उहाँले भन्नुभयो, आफूसँग धेरै विकासका खाका रहेको र मतदाताले आफूलाई भोट दिएर समग्र पालिकाको विकास गर्ने मौका दिनका लागि यसपालिका विजयी गराउन मतदान गर्नलाई उहाँले मतदाता सामु आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधी बनेपछि शासक नभई जनताका सेवक बन्दै शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, पूर्वाधार विकास,स्थानीय भाषा, कला संस्कृतिको संरक्षण लगायतका विभिन्न नीति तथा योजनालाई प्राथमिकताका साथ जनताको चाहना अनुरुप काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । पालिकालाई प्रविधिमैत्री पालिका बनाउनेदेखि भ्रष्टार मुक्त पालिका बनाउने बताउनभुयो ।

       अन्य उम्मेदावरहरु भन्दा आफू र आफ्नो टिम सक्षम भएकाले यसपालिका सबै मतदाताले मौका दिएर पालिकाको विकास गर्ने अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाई छ । त्यस्तै, उपाध्यक्षका उम्मेदावर उषा गुरुङले आफू र आफ्नो टिमले जितेमा पालिकामा रहेका महिला, युवा, अन्तिविपन्न वर्ग, ज्येष्ठ नागरिक देखि बालबालिकाहरुलाई प्राथमिकतामा राखेर उनीहरुको हित हुने गरी अघि बढ्ने बताउनुभयो ।

       उहाँले आफ्नो टिम विजयी भएमानौथर शेरा हिलेबजार र कीर्तिपुर बजार क्षेत्रलाई व्यवस्थित पूर्वाधार विकास र योजनावद्ध शहरी किवासको मोडलको विकास गर्ने, खेतियोग्य जमिनलाई आवासको रुपमा प्रयोग गर्न र प्लाटिङ गर्न रोक लगाउने  लिपे पदमार्ग, बराहपोखरी, मेमेपोखरी, हिमालचुली बेस क्याम्प पदमार्ग सुधारको लागि, पदमार्ग सुधान गर्नुका साथै पर्यटन व्यवस्थापन र होमस्टे संचालनमा जोड दिने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP