Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
विद्यालयमा शनिबार र आइतबार विदा, खुल्ने समय १०-४ नै कायम – Sarangi News

काठमाण्डाै – जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ ।

यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीय लगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP