Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
एकाबिहानै डोटीमा भयंकर दुर्घटना : ३० जना घाइते – Sarangi News

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। मालिका यातायातको सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः ४५ बजेको समयमा डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय डोटीले जनाएको छ।

बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा थप उद्घारका लागि स्थानीय खटिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP