Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
विनामारेमा ३ सय ४२ मत खस्यो । मतदाताहरुको उत्साहपूर्ण सहभागिता – Sarangi News

बिनामारे । जैमिनी ५ बिनामारेमा बिहान १० बजे सम्म ३ सय ४२ मत खासेको छ । बिनमारेको केन्द्र ‘क’ मा महिला १०० र पुरुष ७७ गरि १७७ र केन्द्र ‘ख’मा महिला ८५ र पुरुष ८० गरि १६५ जनाले मतदान गरेको मतदान अधिकृत खेम आचार्यले जानकारी दिए ।

चर्चित गायक तेजस रेग्मीलेले बिनामारेको ‘ख’ केन्द्र बाट मतादान दिए । रेग्मीले आम नागरिकको जीवन सहज हुने गरि काम गर्नुपर्ने बताए ।  उनको सबै बिकासको कडि शिक्षा र स्वास्थ बताउदै ब्यबहारिक शिक्षा र स्वास्थमा सर्बसुलभ हुनु पर्ने गरि काम गर्न सुझाव छ ।  अबको नेतृत्वले दोजरे बिकास भन्दा नि दिगो बिकासमा ध्यानदिन जरुरी रहेको बताए ।

बिनामारेमा १ हजार ९ सय ९३ जना मतदात रहेका छ्न् । १ एक हजार २ सय मत खस्ने अनुमान छ ।

८७ बर्सिया वृद्दा टीका दत्त आचार्यले पहिलो पटक मत राखेर भोट सुरुभएको थियो ।

मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता भएपनि एकछिन गठबन्धन र एमालेको समर्थकहरुले केहिबेर हो-हल्ला गरेका थिए । अहिले शान्तिपुर्णरुमा मतदान भैरहेको छ ।
विनामारेमा गठबन्धनबाट नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापा र एमालेको तर्फबाट ७० बर्षिय कृण्ण बहादुर हमाल वडाअध्यक्षको प्रत्यासित रहेका छ्न ।

स्थानीय तहको निर्वाचनका लागि आज देशैभरी शुक्रबार मतदान हुँदै छ । सर्बोदय जनक माबि बिनामारेको क र ख केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान साँझ ५ बजे सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP