Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
विनामारेमा ३ सय ४२ मत खस्यो । मतदाताहरुको उत्साहपूर्ण सहभागिता – Sarangi News

बिनामारे । जैमिनी ५ बिनामारेमा बिहान १० बजे सम्म ३ सय ४२ मत खासेको छ । बिनमारेको केन्द्र ‘क’ मा महिला १०० र पुरुष ७७ गरि १७७ र केन्द्र ‘ख’मा महिला ८५ र पुरुष ८० गरि १६५ जनाले मतदान गरेको मतदान अधिकृत खेम आचार्यले जानकारी दिए ।

चर्चित गायक तेजस रेग्मीलेले बिनामारेको ‘ख’ केन्द्र बाट मतादान दिए । रेग्मीले आम नागरिकको जीवन सहज हुने गरि काम गर्नुपर्ने बताए ।  उनको सबै बिकासको कडि शिक्षा र स्वास्थ बताउदै ब्यबहारिक शिक्षा र स्वास्थमा सर्बसुलभ हुनु पर्ने गरि काम गर्न सुझाव छ ।  अबको नेतृत्वले दोजरे बिकास भन्दा नि दिगो बिकासमा ध्यानदिन जरुरी रहेको बताए ।

बिनामारेमा १ हजार ९ सय ९३ जना मतदात रहेका छ्न् । १ एक हजार २ सय मत खस्ने अनुमान छ ।

८७ बर्सिया वृद्दा टीका दत्त आचार्यले पहिलो पटक मत राखेर भोट सुरुभएको थियो ।

मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता भएपनि एकछिन गठबन्धन र एमालेको समर्थकहरुले केहिबेर हो-हल्ला गरेका थिए । अहिले शान्तिपुर्णरुमा मतदान भैरहेको छ ।
विनामारेमा गठबन्धनबाट नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापा र एमालेको तर्फबाट ७० बर्षिय कृण्ण बहादुर हमाल वडाअध्यक्षको प्रत्यासित रहेका छ्न ।

स्थानीय तहको निर्वाचनका लागि आज देशैभरी शुक्रबार मतदान हुँदै छ । सर्बोदय जनक माबि बिनामारेको क र ख केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान साँझ ५ बजे सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP