Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
विनामारेमा एक चौथाई मत खस्यो ! ८ सय १९ जनाले मतदान दिए – Sarangi News

बिनामारे । जैमिनी ५ बिनामारेमा दिँउसो २ बजे सम्म ८ सय १९ मत खासेको छ ।

बिनामारेको केन्द्र ‘क’ मा महिला २ सय ५६ र पुरुष १ सय ८३ गरि जम्मा ४३९ मत खसेको छ । केन्द्र ‘ख’मा महिला २ सय ३५ र पुरुष १ सय ४५ गरि ३ सय ८५ गरि जम्मा ८ सय १९ जनाले मतदान गरेको मतदान अधिकृत खेम आचार्यले जानकारी दिए ।

बिनामारेमा १ हजार ९ सय ९३ जना मतदात रहेका छ्न् । १ एक हजार २ सय मत खस्ने अनुमान छ ।

८७ बर्सिया वृद्दा टीका दत्त आचार्यले पहिलो पटक मत राखेर भोट सुरुभएको थियो ।

मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता भएपनि एकछिन गठबन्धन र एमालेको समर्थकहरुले हो-होला गरेका थिए ।
विनामारेमा गठबन्धनबाट नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापा र एमालेको तर्फबाट ७० बर्षिय कृष्ण बहादुर हमाल वडाअध्यक्षको प्रत्यासित रहेका छ्न ।

स्थानीय तहको निर्वाचनका लागि आज देशैभरी शुक्रबार मतदान हुँदै छ । सर्बोदय जनक माबि बिनामारेको क र ख केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान साँझ ५ बजे सम्म हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP