विनामारेमा एक चौथाई मत खस्यो ! ८ सय १९ जनाले मतदान दिए – Sarangi News

बिनामारे । जैमिनी ५ बिनामारेमा दिँउसो २ बजे सम्म ८ सय १९ मत खासेको छ ।

बिनामारेको केन्द्र ‘क’ मा महिला २ सय ५६ र पुरुष १ सय ८३ गरि जम्मा ४३९ मत खसेको छ । केन्द्र ‘ख’मा महिला २ सय ३५ र पुरुष १ सय ४५ गरि ३ सय ८५ गरि जम्मा ८ सय १९ जनाले मतदान गरेको मतदान अधिकृत खेम आचार्यले जानकारी दिए ।

बिनामारेमा १ हजार ९ सय ९३ जना मतदात रहेका छ्न् । १ एक हजार २ सय मत खस्ने अनुमान छ ।

८७ बर्सिया वृद्दा टीका दत्त आचार्यले पहिलो पटक मत राखेर भोट सुरुभएको थियो ।

मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता भएपनि एकछिन गठबन्धन र एमालेको समर्थकहरुले हो-होला गरेका थिए ।
विनामारेमा गठबन्धनबाट नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापा र एमालेको तर्फबाट ७० बर्षिय कृष्ण बहादुर हमाल वडाअध्यक्षको प्रत्यासित रहेका छ्न ।

स्थानीय तहको निर्वाचनका लागि आज देशैभरी शुक्रबार मतदान हुँदै छ । सर्बोदय जनक माबि बिनामारेको क र ख केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान साँझ ५ बजे सम्म हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP