मध्यनेपालमा ६८ प्रतिशत मत खस्यो, मतगणना शनिबार सुरु हुने – Sarangi News

रुपिन्द्र प्रभावी,

पोखरा। लमजुङको मध्यनेपाल नगरपालिकामा ६८.४४ प्रतिशत मत खसेको छ ।

हाम्रा प्रतिनिधि रमेशचन्द्र घिमिरेका अनुसार मध्यनेपाल नगरपालिकाका १० ओटै वडामा गरी जम्मा मतदाता सङ्ख्या २० हजार ९२ मध्ये १३ हजार ७५१ मत खसेको छ ।

जसअनुसार वडा नम्बर १ मा रहेको सर्वनन्दन आधारभूत विद्यालय केन्द्रमा ५६३ मध्ये ३१३, ज्ञानेश्वरी आधारभूत विद्यालय केन्द्रमा ७५० मध्ये ४९४ र सप्तधारा माध्यमिक विद्यालय केन्द्रमा ८०२ मध्ये ५४५ मत खसेको छ । उक्त वडामा कुल २११५ मध्ये १३५२ अर्थात् ६३.९२ प्रतिशत मत खसेको हो ।

वडा नम्बर २ मा रहेको चन्द्रज्योति माध्यमिक विद्यालय ‘क’ मा ९२४ मध्ये ५९२ र ‘ख’ मा ९७५ मध्ये ६१९ मत खसेको छ । उक्त वडामा कुल १८९९ मध्ये १२११ अर्थात् ६३.७७ प्रतिशत मत खसेको हो ।

वडा नम्बर ३ को रामबालोदय आधारभूत विद्यालय केन्द्रमा ६९९ मध्ये ४८२ र मङ्गला माध्यमिक विद्यालय केन्द्रमा ९२२ मध्ये ६८० मत खसेको छ । उक्त वडामा कुल १६२१ मध्ये ११६२ अर्थात् ७१.६८ प्रतिशत मत खसेको हो ।

वडा नम्बर ४ को मालिका आधारभूत विद्यालय केन्द्रमा ६३३ मध्ये ४४३ तथा भैरवकाली माध्यमिक विद्यालयको ‘क’, ‘ख’ र ‘ग’ गरी तीनै केन्द्रमा गरी २३०७ मध्ये १६६३ मत खसेको छ । उक्त वडामा कुल २९४० मध्ये २१०६ अर्थात् ७१.६३ प्रतिशत मत खसेको हो ।

वडा नम्बर ५ को सम्झना माध्यमिक विद्यालयको केन्द्र ‘क’ मा ५६० मध्ये ३५८ र ‘ख’ केन्द्रमा ५७२ मध्ये ३४२ गरी जम्मा ७०० मत खसेको छ । उक्त वडामा कुल ११३२ मध्ये ७०० अर्थात् ६१.८३ प्रतिशत मत खसेको छ ।

त्यसै गरी वडा नम्बर ६ को सिद्ध आधारभूत विद्यालय केन्द्रमा ७७१ मध्ये ५७५ तथा ईशानेश्वर माध्यमिक विद्यालय ‘क’ मा १०६४ मध्ये ७१५ र ‘ख’ केन्द्रमा १०५९ मध्ये ७५१ मत खसेको छ । उक्त वडामा कुल २८९४ मध्ये २०४१ अर्थात् ७०.५२ प्रतिशत मत खसेको हो ।

वडा नम्बर ७ को जनमन्दिर माध्यमिक विद्यालय केन्द्रमा ७८४ मध्ये ५१४ तथा कुसुमाकर माध्यमिक विद्यालय ‘क’ र ‘ख’ केन्द्र गरी १७२३ मध्ये १२८४ मत खसेको छ । उक्त वडामा कुल २५०७ मध्ये १७९८ अर्थात् ७१.७१ प्रतिशत मत खसेको हो ।

वडा नम्बर ८ को करापु कल्याण आधारभूत विद्यालय केन्द्रमा ६७७ मध्ये ४४८ तथा डडुवा दुर्छा माध्यमिक विद्यालय ‘क’ र ‘ख’ केन्द्र गरी १०९८ मध्ये ६८३ मत खसेको छ । उक्त वडामा कुल १७७५ मध्ये ११३१ अर्थात् ६३.७१ प्रतिशत मत खसेको हो ।

वडा नम्बर ९ को कल्याण माध्यमिक विद्यालय केन्द्रमा ७३६ मध्ये ५३७ तथा बालज्योति माध्यमिक विद्यालय केन्द्रमा ८६५ मध्ये ५६२ मत खसेको छ । उक्त वडामा कुल १६०१ मध्ये १०९९ अर्थात् ६८.६४ प्रतिशत मत खसेको हो ।

वडा नम्बर १० को गणेशमालिका माध्यमिक विद्यालय ‘क’ र ‘ख’ केन्द्रमा गरी १६०८ मध्ये ११५१ अर्थात् ७१.५७ प्रतिशत मत खसेको छ ।

वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तहका निर्वाचनका मतपेटिकाहरू नगर निर्वाचन अधिकृतको कार्यालय, भोर्लेटारमा ल्याउने क्रम जारी रहेकाले मतगणना भने शनिबार बिहानदेखि सुरु हुने स्रोतले जनाएको छ । मध्यनेपालका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी जनाएको छ ।

मध्यनेपालका १० ओटा वडाहरूमध्ये सबैभन्दा कम वडा नम्बर ५ मा ६१.८३ प्रतिशत र सबैभन्दा बढी वडा नम्बर ७ मा ७१.७१ प्रतिशत मत खसेको छ । उक्त नगरपालिकामा सत्तरूढ दलको गठबन्धनका तर्फबाट निवर्तमान मेयर नेपाली काङ्ग्रेका रमेशकुमार पाण्डे र निवर्तमान उपमेयर नेकपा (एमाले) का राजकुमार श्रेष्ठबिच नगर प्रमुखमा तथा माओवादी केन्द्रका तर्फबाट उपेन्द्र अधिकारी र एमालेका तर्फबाट सीता गुरुङबिच तिव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP