रुपा-६ मा शान्तिपूर्ण मतदान सम्पन्न, २हजार १ सय ५० जनाले मतदान गरे – Sarangi News

अजिज खान । रुपा ६ कास्कीमा २ हजार १ सय पचास  जनाले उत्साहजनक उपस्थितिमा मतदाता गरेका छ्न् ।
रुपा-६ भिर्चोक मा बिहान ७ बजे बाट सुरु भएको मतदान बेलुका ५ बजे समाप्त भएको छ।
रुपा-६ को केन्द्र ‘क’ मा महिला ३ सय ९१ र पुरुष ३ सय ५२ गरि ७ सय ४३ मत खसेको छ । केन्द्र ‘ख’ मा महिला ३ सय ५९ र पुरुष ३ सय ५६ गरि जम्मा ७ सय १५ मत खसेको छ। त्यसैगरी केन्द्र ‘ग’ मा महिला ४ सय १० र पुरुष २ सय ८२ गरि ६ सय ९२ मत खसेको छ।
तीन वटै केन्द्रमा गरेर जम्मा २ हजार १ सय ५० मत खसेको छ। जस्मा पुरुष मतदाता ९ सय ९० र महिला मतदाता १ हजार १ सय ६० रहेको जानकारी दिइएको छ ।
रुपा ६ मा नेकपा एमालेको तर्फ वाट वडा अध्यक्ष पदको उमेदवार नारायण गुरुङ , नेपाली काङ्ग्रेस को तर्फ बाट बलराम गुरुङ , राप्रपा को तर्फबाट नुर मोहम्मद मिया, र माओवादी केन्द्रबाट विश्वनाथ अधिकारी वडा अध्यक्षहरुको प्रत्यासी रहेका छन।
अजिज खा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)


TOP