Trend
कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||   अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||  
बुधबार , असार २४, २०८३
बरेङ गा.पा.मा ६ हजार २ सय ६२ मत खस्यो, मतगणना बारेमा सर्वदलीय वैठक बस्ने – Sarangi News

 केशवराज क्षेत्री ।बागलुङको बरेङ गाउँपालिकाका पाँच मतदान केन्द्रमा ६ हजार २ दुई सय ६२ मत खसेको छ । शुक्रवार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साझ ५ बजे सम्पन्न भएको हो ।
पालिकाको वडा नम्बर १ धुल्लुबास्कोटमा महिला ९ सय ६७ र पुरुष ९ सय ६ गरी १ हजार ८ सय ७३, वडा नम्बर २ हुग्दिशिरमा महिला ९ सय २२ र पुरुष ७ सय ८८ गरि १ हजार ७ सय १०, वडा नम्बर ३ बाटाकाचौरमा महिला ८ सय २८ र पुरुष ६ सय ७९ गरी १ हजार ५ सय ७, वडा नम्बर ४ सल्यानमा महिला २ सय ९१ र पुरुष ३ सय ५३ गरी ६ सय ४४ र सुखौरामा महिला २ सय ८२ र पुरुष २ सय ४६ गरी ५ सय २८ मत खसेको निर्वाचन कार्यालय बरेङले जानकारी गराएको छ ।
मतगणना भने सर्वदलीय बैठक बसेर निर्णय गरेपछी मात्र जानकारी गराइने निर्वाचन अधिकृत मनिराम ज्ञावालिले बताउनुभयो ।
पालिकाका पाँच वटा वडा अन्तर्गत धुल्लुबास्कोटमा २६३१, हुग्दिशिरमा ३११८, बाटाकाचौरमा २७५३, सल्यानमा ११९७ र सुखौरामा ९२० जम्मा १० हजार ६ सय १९ जना मतदाता संख्या रहेको थियो । स्थानीय निर्वाचन २०७९ मा ५८.८९ प्रतिशत मत खसेको छ ।
पालिकाको पाच वटै मतदान केन्द्रमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादितका साथ सम्पन्न भएको निर्वाचन अधिकृत ज्ञावालिले बताउनुभयो ।
बरेङमा पालिका अध्यक्षको लागि गठबन्धनबाट रास्ट्रीय जनमोर्चाका कृष्णप्रसाद शर्मा र एमालेबाट प्रदिप थापा मगरको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP