बरेङ गा.पा.मा ६ हजार २ सय ६२ मत खस्यो, मतगणना बारेमा सर्वदलीय वैठक बस्ने – Sarangi News

 केशवराज क्षेत्री ।बागलुङको बरेङ गाउँपालिकाका पाँच मतदान केन्द्रमा ६ हजार २ दुई सय ६२ मत खसेको छ । शुक्रवार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साझ ५ बजे सम्पन्न भएको हो ।
पालिकाको वडा नम्बर १ धुल्लुबास्कोटमा महिला ९ सय ६७ र पुरुष ९ सय ६ गरी १ हजार ८ सय ७३, वडा नम्बर २ हुग्दिशिरमा महिला ९ सय २२ र पुरुष ७ सय ८८ गरि १ हजार ७ सय १०, वडा नम्बर ३ बाटाकाचौरमा महिला ८ सय २८ र पुरुष ६ सय ७९ गरी १ हजार ५ सय ७, वडा नम्बर ४ सल्यानमा महिला २ सय ९१ र पुरुष ३ सय ५३ गरी ६ सय ४४ र सुखौरामा महिला २ सय ८२ र पुरुष २ सय ४६ गरी ५ सय २८ मत खसेको निर्वाचन कार्यालय बरेङले जानकारी गराएको छ ।
मतगणना भने सर्वदलीय बैठक बसेर निर्णय गरेपछी मात्र जानकारी गराइने निर्वाचन अधिकृत मनिराम ज्ञावालिले बताउनुभयो ।
पालिकाका पाँच वटा वडा अन्तर्गत धुल्लुबास्कोटमा २६३१, हुग्दिशिरमा ३११८, बाटाकाचौरमा २७५३, सल्यानमा ११९७ र सुखौरामा ९२० जम्मा १० हजार ६ सय १९ जना मतदाता संख्या रहेको थियो । स्थानीय निर्वाचन २०७९ मा ५८.८९ प्रतिशत मत खसेको छ ।
पालिकाको पाच वटै मतदान केन्द्रमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादितका साथ सम्पन्न भएको निर्वाचन अधिकृत ज्ञावालिले बताउनुभयो ।
बरेङमा पालिका अध्यक्षको लागि गठबन्धनबाट रास्ट्रीय जनमोर्चाका कृष्णप्रसाद शर्मा र एमालेबाट प्रदिप थापा मगरको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)


TOP