Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
म्याग्दीका ५ स्थानीय तहमा मतगणना सुरु, बेनीमा कस्को होला पल्ला भारी ? – Sarangi News

बेनी । बेनी नगरपालिका सहित म्याग्दीका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । आज विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा मतगणना सुरु भएको छ । यता धौलागिरि गाउँपालिकामा भने वडा नम्बर १ गुर्जाको मतपेटिका पदैल मार्गबाट साँझ सम्म मात्र निर्वाचन अधिकृतको कार्यालय मुनामा ल्याइने जानकारी प्राप्त भएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभर ८५ हजार ३ सय ७५ जना मतदाता रहेकोमा ५६ हजार ५८३ जनाले मात्र मतदान गरेका छन् । कुल मतदाताको ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । जसमा महिला ३० हजार ३२ रहेका छन् भने पुरुष २६ हजार ५१० जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP