Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मध्यनेपालमा मतगणना १ घन्टा स्थगितपछि पुनः सुचारु – Sarangi News

भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना करिब १ घन्टा स्थगित भएपछि पुनः सुचारु भएको छ । बिहान ९ बजेपछि सुरु भएको मतगणनामा वडा नम्बर १ र १० को गणना जारी रहँदा राजनीतिक दलका प्रतिनिधिहरूको विषयलाई लिएर गणना स्थगित भएको थियो ।

राप्रपा र स्वतन्त्रका नाममा एमालेका व्यक्तिहरूलाई प्रतिनिधिका रूपमा मतगणनास्थलमा लगिएको भन्दै गठबन्धनका प्रतिनिधिहरूले विरोध जनाएपछि गणना स्थगित भएको स्रोतले जनाएको छ । ती व्यक्तिहरूलाई बाहिर निकालिएपछि मतगणना पुनः सुचारु गरिएको जनाइएको छ ।

पछिल्लो परिणामअनुसार ६०० मत गन्दाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका रमेशकुमार पाण्डेले ३०३ र नेकपा (एमाले) का राजकुमार श्रेष्ठले २८८ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपेन्द्र अधिकारीले २४६ र नेकपा (एमाले) की सीता गुरुङले २९३ मत पाएकी छिन् ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा मध्यनेपाल नगरपालिकाका १० ओटै वडामा गरी जम्मा मतदाता सङ्ख्या २० हजार ९२ मध्ये १३ हजार ७५१ अर्थात् ६८.४४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP