Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
जैमिनीमा गठबन्धनको भारी अग्रता, एमाले लुरुलुरु ! – Sarangi News

प्रकाश अधिकारी

जैमिनी । जैमिनी नगरपालिकामा गठबन्धनको उमेदवारहरुले भारी मतको अग्रता लिएका छन् ।

एक हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले ७ सय ७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानाले १ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले अग्रता लिएका छन् । शर्माले ६ सय ९७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले १ सय ५७ मत प्राप्त गरेका छिन् ।
राप्रपाको चिना केसीले १ मत पाएर खाता खोलेकी छिन् ।

अहिले वडा न.१० राङखानीबाट मतगणना भईरहेको छ ।
गठबन्धनका वडा अध्यक्षले
७ सय ३८ मत ल्याउंदा एमालेले २ सय २१ मत मात्रै लिएको छ । महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा सबैमा गठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् । राङखानीमा १ हजार ९ सय ३२ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP