Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
रूपाको वडा नम्बर १ मा काङ्ग्रेस र २ मा एमालेको प्यानल विजयी – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिकाको २ ओटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका रामबहादुर गोदार अध्यक्षमा निर्वाचित भएका छन् । उनले ७७९ र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव खनालले ३६२ मत ल्याएका थिए । गोदारसँगै काङ्ग्रेसका रामबाबु खनाल, बुद्धिबहादुर गुरुङ, शान्ता पौडेल अधिकारी र सुस्मिता विक रहेको प्यानल नै विजयी भएको छ ।

यस्तै वडा नम्बर २ मा नेकपा (एमाले) का राजन सुवेदी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेद्वार विष्णुप्रसाद ओझालाई १६१ मतान्तरले पराजित गरेका हुन् । सुवेदीले ५२१ मत ल्याउँदा ओझाले ३६० मत प्राप्त गरेका थिए । सुवेदीसँगै रामबाबु सुवेदीले ४१४, हिताकुमारी रुपाखेतीले ४१४, अनिता रानाले ४२६ र रामचन्द्र ओझाले ४२८  मत ल्याएर एमाले प्यानल विजयी भएको छ ।

वडा नम्बर २ को मतगणना सकिँदा गाउँपालिका अध्यक्ष पदका लागि एमालेका नवराज ओझाले ४९७ र नेपाली काङ्ग्रेसकी गीमाया गुरुङले ३९६ मत प्राप्त गरेकी छिन् । यस्तै उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङले ४७१ र नेपाली काङ्ग्रेसका नारायणकुमार श्रेष्ठले ४०२ मत ल्याएका छन् ।

वडा नम्बर ३ को गणना कार्य अघि बढेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP