मध्यनेपालको १ मा एमाले र १० मा काङ्ग्रेस प्यानल विजयी – Sarangi News

लमजुङ । मध्यनेपाल नगरपालिकाको २ ‌ओटा वडाको अन्तिम नतिजा सार्वजनिक हुँदा एमाले र काङ्ग्रेसले १/१ वडामा बाजी मारेका छन् ।

प्राप्त परिणामअनुसार वडा नम्बर १ बाट नेकपा एमालेका सुदिप थापा ६७९ मत प्राप्त गर्दै प्यानल सहित विजयी  भएका छन् । थापासँगै जगतबहादुर घर्ती, सन्तबहादुर गुरुङ, मनमायादेवी भट्टराई पौडेल र पशुपति सार्कीसहितको प्यानल विजयी भएको हो ।

यस्तै, १० बाट नेपाली काङ्ग्रेसका रामचन्द्र भन्डारी ६५७ मतसहित प्यानल विजयी भएका छन् । भण्डारीसँगै आशा नेपाली मजाकोटी, बालकुमारी कुँवर, प्रेमबहादुर दुरा र यमबहादुर शाही रहेको प्यानल विजयी भएको हो ।

यसपछि वडा नम्बर २ र ९ को मतगणना जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP