Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मध्यनेपालको १ मा एमाले र १० मा काङ्ग्रेस प्यानल विजयी – Sarangi News

लमजुङ । मध्यनेपाल नगरपालिकाको २ ‌ओटा वडाको अन्तिम नतिजा सार्वजनिक हुँदा एमाले र काङ्ग्रेसले १/१ वडामा बाजी मारेका छन् ।

प्राप्त परिणामअनुसार वडा नम्बर १ बाट नेकपा एमालेका सुदिप थापा ६७९ मत प्राप्त गर्दै प्यानल सहित विजयी  भएका छन् । थापासँगै जगतबहादुर घर्ती, सन्तबहादुर गुरुङ, मनमायादेवी भट्टराई पौडेल र पशुपति सार्कीसहितको प्यानल विजयी भएको हो ।

यस्तै, १० बाट नेपाली काङ्ग्रेसका रामचन्द्र भन्डारी ६५७ मतसहित प्यानल विजयी भएका छन् । भण्डारीसँगै आशा नेपाली मजाकोटी, बालकुमारी कुँवर, प्रेमबहादुर दुरा र यमबहादुर शाही रहेको प्यानल विजयी भएको हो ।

यसपछि वडा नम्बर २ र ९ को मतगणना जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP