Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
राङखानीमा एमाले ‘क्लिन स्विप’, गठबन्धनको भारी मतान्तरले प्यानलनै विजयी – Sarangi News

प्रकाश अधिकारी

जैमिनी । जैमिनी नगरपालिका -१०, राङखानीमा एमाले ‘क्लिन स्विप’ भएको छ ।  गठबन्धनको भारी मतान्तर सहित प्यानलनै विजयी भएको छ  ।

गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले अत्याधिक मत प्राप्त गरेका छ्न् । उनले १ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानाले ३ सय ४१ मत प्राप्त गरेका छन् । प्रमुखमा ६२ मत बदर भएको छ ।
त्यस्तै उप-प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले लोकप्रिय मत ल्याएका छन् । शर्माले १ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले ३ सय १५ मत प्राप्त गरेका छिन् ।
राप्रपाको चिना केसीले २ मत पाएर खाता खोलेकी छिन् । उपप्रमुखमा १२५ र  पुर्ण बदर मत संख्या १०  सहित ३४९ रहेको छ । रङ्खानीमा  १८.०६ प्रतिशत मत बदर भएको छ ।

राङ्खानीमा एमाले ‘क्लिन स्विप’

राङ्खानीमा अत्याधिक मतान्तरले गठबन्धनको पुरै प्यानल बिजयी भएको छ । गठबन्धनका तर्फबाट वडा अध्यक्षमा श्रीप्रसाद थापाले १ हजार ४ सय १९ मत ल्याउंदा एमालेले ३ सय ४४ मत मात्रै लिएको छ । त्यस्तै महिला सदस्य सीता बिक , दलित महिला सदस्य, सीता नेपाली , वडा सदस्यमा भरत कुमार श्रीस र फडिन्द्र थापाले लोकप्रिय मत ल्याएर बिजयी भएका छ्न । राङखानीमा १ हजार ९ सय ३२ मत खसेको थियो । अहिले जैमिनी ९ पैंयूमा मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP