Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
धुल्लुबाँस्कोटमा ११२२ मतान्तरले गठबन्धनको प्यानल नै विजयी – Sarangi News

बरेङ । बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोटमा लोकप्रिय मत सहित गठबन्धनको प्यानल नै विजयी भएको छ।
गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकानरसिङ पुन वडा अध्यक्षमा १ हजार १ सय २२ मतान्तर विजयी भएका छ्न ।

वडा अध्यक्ष नरसिङ पुनले १ हजार ४ सय ४१ मत ल्याउँदा उनका विपक्षी एमालेका होमबहादुर थापाले ३ सय ७७ मत लिएका छन् ।

त्यस्तै गरि गठबन्धकको तर्फबाट महिला सदस्यमा चन्द्रा केसी थापा (गिलास)१४६०, दलित महिला सदस्यमा राधिका होहार (गिलास) १४७२ र
खुल्ला सदस्यमा पुर्ण बहादुर थापा (गिलास)१४०९ र छत्र बहादुर थापाले (गिलास) १४७२ लोकप्रिय मत सहित निर्वाचित भएका छ्न् । यहाँ ६२ मत बदर भएको हाम्रा सहकर्मी केशवराज क्षेत्रीले जानकारी दिए ।

गठबन्धनको तर्फबाट पालिका प्रमुख राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्माले अत्याधिक मत प्राप्त गरेका छ्न् । उनले १ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप थापाले ३ सय १९ मत प्राप्त गरेका छन् ।

त्यस्तै पालिका उपाध्यक्ष (रुख) १ हजार ३ सय ७१ र एमाले पालिका उपाध्यक्षको २ सय ९५ रहेको छ।
बरेङ्ग गाउँ पालिकाका पाँच वटा वडा अन्तर्गत धुल्लुबास्कोटमा २६३१, हुग्दिशिरमा ३११८, बाटाकाचौरमा २७५३, सल्यानमा ११९७ र सुखौरामा ९२० जम्मा १० हजार ६ सय १९ जना मतदाता संख्या रहेको थियो । यहाँ स्थानीय निर्वाचन २०७९ मा ५८.८९ प्रतिशत मत खसेको थियो अर्थात ६ हजार २ सय ६२ जनाले मतदान गरेका थिए । अहिले हुग्दिशिरको मतगणना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP