धुल्लुबाँस्कोटमा ११२२ मतान्तरले गठबन्धनको प्यानल नै विजयी – Sarangi News

बरेङ । बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोटमा लोकप्रिय मत सहित गठबन्धनको प्यानल नै विजयी भएको छ।
गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकानरसिङ पुन वडा अध्यक्षमा १ हजार १ सय २२ मतान्तर विजयी भएका छ्न ।

वडा अध्यक्ष नरसिङ पुनले १ हजार ४ सय ४१ मत ल्याउँदा उनका विपक्षी एमालेका होमबहादुर थापाले ३ सय ७७ मत लिएका छन् ।

त्यस्तै गरि गठबन्धकको तर्फबाट महिला सदस्यमा चन्द्रा केसी थापा (गिलास)१४६०, दलित महिला सदस्यमा राधिका होहार (गिलास) १४७२ र
खुल्ला सदस्यमा पुर्ण बहादुर थापा (गिलास)१४०९ र छत्र बहादुर थापाले (गिलास) १४७२ लोकप्रिय मत सहित निर्वाचित भएका छ्न् । यहाँ ६२ मत बदर भएको हाम्रा सहकर्मी केशवराज क्षेत्रीले जानकारी दिए ।

गठबन्धनको तर्फबाट पालिका प्रमुख राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्माले अत्याधिक मत प्राप्त गरेका छ्न् । उनले १ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप थापाले ३ सय १९ मत प्राप्त गरेका छन् ।

त्यस्तै पालिका उपाध्यक्ष (रुख) १ हजार ३ सय ७१ र एमाले पालिका उपाध्यक्षको २ सय ९५ रहेको छ।
बरेङ्ग गाउँ पालिकाका पाँच वटा वडा अन्तर्गत धुल्लुबास्कोटमा २६३१, हुग्दिशिरमा ३११८, बाटाकाचौरमा २७५३, सल्यानमा ११९७ र सुखौरामा ९२० जम्मा १० हजार ६ सय १९ जना मतदाता संख्या रहेको थियो । यहाँ स्थानीय निर्वाचन २०७९ मा ५८.८९ प्रतिशत मत खसेको थियो अर्थात ६ हजार २ सय ६२ जनाले मतदान गरेका थिए । अहिले हुग्दिशिरको मतगणना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP