Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
म्याग्दीको अन्नपूर्णमा मतगणना स्थगित,यस्तो रहेछ कारण – Sarangi News

म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिएपछि मतगणना स्थगीत भएको छ ।

विहान भएको मतगणना अनुसार, अन्नपूर्ण गाउँपालिका–३ मा नेकपा एमालेका रमेश पुर्जालाई बिजयी घोषणा गरिएको थियो । पुनः मतगणना गर्नुपर्ने माग सहित निवेदन परेपछि छलफल गरिएको र सहमती नभएपछि मतगणना स्थगीत गरिएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो । उहाँले उजुरी परेपछि आयोगलाई जानकारी गराइएको र आयोगको आदेश र निर्णयका आधारमा अगाडी बढ्ने बताउनुभयो । अन्नपूर्णको वडा नम्बर १ दोवा, २ भुरुङ तातोपानीमा नेकपा एमालेका उम्मेदवार बिजयी भैसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP