म्याग्दीको अन्नपूर्णमा मतगणना स्थगित,यस्तो रहेछ कारण – Sarangi News

म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिएपछि मतगणना स्थगीत भएको छ ।

विहान भएको मतगणना अनुसार, अन्नपूर्ण गाउँपालिका–३ मा नेकपा एमालेका रमेश पुर्जालाई बिजयी घोषणा गरिएको थियो । पुनः मतगणना गर्नुपर्ने माग सहित निवेदन परेपछि छलफल गरिएको र सहमती नभएपछि मतगणना स्थगीत गरिएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो । उहाँले उजुरी परेपछि आयोगलाई जानकारी गराइएको र आयोगको आदेश र निर्णयका आधारमा अगाडी बढ्ने बताउनुभयो । अन्नपूर्णको वडा नम्बर १ दोवा, २ भुरुङ तातोपानीमा नेकपा एमालेका उम्मेदवार बिजयी भैसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

धम्पु दुराले ठाडो भाका जग्गा किन्ने प्रतिवद्दता गर्यो शिवरात्रीमा

एक सैनिकको अर्को युद्ध :समाज परिवर्तन

छाँयामा परेको पौराणिक ईतिहास बोकेको जटेश्वर बुढा महादेव मन्दिर।

ओली : शिक्षाका सौदागर, निजी विद्यालयका ठेकेदार !

कालिकामा एसइईको तयारीमा रहेका विद्यार्थीलाई बिदाइ तथा शुभकामना

विद्यालयमा पठन संस्कृति : अवस्था, चुनौतीहरू र समाधान


TOP