पोखरामा धनराजको अग्रता कायमै, उपमेयरमा मञ्जु अगाडि – Sarangi News

पोखरा- पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । सोमबार साढे १० बजेसम्मको गरिएको १०४९३ मत गणनामा आचार्यले नेकपा एमालेका कृष्ण थापालाई २ सय १० मतान्तरले अग्रता कायम राखेका हुन् ।

आचार्यले ४ हजार १ सय १०  मत पाउँदा थापाले ३ हजार ८ सय ३० मत मतसहित पछ्याइरहेका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका आचार्यले प्रमुखमा मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखिरहँदा उप्रमुखमा भने नेकपा एमालेले उछिनेको छ । गठबन्धनबाट उपप्रमुख प्रत्याशी कोपिला रानाभाट नेकपा एमालेकी मञ्जुदेवी गुरुङसँग ८६ मतले पछाडि छिन् । रानाभाटले ४ हजार २ सय ९८ मत पाउँदा गुरुङले ४ हजार ३ सय ८४ मत पाएकी छन् । अहिले पोखरा महानगरको १, ३, ४, ३४, २४ र २५ नम्बर वडाको मत गणना भइरहेको छ । स्वतन्त्र मेयर उम्मेद्बार गनेस पौडेलले २५० पाएका छ्न् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP