विनामारेमा भारी मतान्तरले गठबन्धनको प्यानलनै विजयी, एमाले ‘क्लिन स्विप’ – Sarangi News

बिनामारे । स्थानीय तह निर्वाचन २०७९ मा जैमिनी नगरपालिका -५,विनामारेमा नेकपा एमाले ‘क्लिन स्विप’ भएको छ । गठबन्धनको भारी मतान्तरले प्यानलनै विजयी भएको छ ।

वडाअध्यक्षमा नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापाले भारी लोकप्रियका साथ विजयी भएका छ्न् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका कृष्ण बहादुर हमाललाई २ सय ६३ मतान्तरले हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।
थापाले ६ सय ७८ मत प्राप्त गरेका थिए भने हमालले ४ सय १५ मत प्राप्त गरेका थिए ।
पन्चायतपछी राजमोले निरन्तररुपमा जित्दै आएकोमा पहिलोपटक विनामारेमा नेपाली कांग्रेसले अध्यक्ष पाएको हो ।

गठबन्धनका सबै सदस्यहरु लोकप्रियमतका साथ निर्वाचित भएका छ्न् । नेकपा माओबादीका तर्फबाट महिला सदस्यमा लक्ष्मी देवि चापागाईं शर्मा, खुल्ला सदस्यमा राष्ट्रिय जनमोर्चाका तर्फबाट विष्णु शर्मा, महिला गीताकुमारी विक र दलित महिला सदस्यमा नेपाली काग्रेसको तर्फबाट मिनु विश्वकर्मा लोकप्रिय मत ल्याएर विजयी भएका छ्न् ।
विनामारेमा १ हजार १ सय ४४ मत खसेको थियो ।

मेयर र उपमेयरलाई भारी मत

विनामारेबाट गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले अत्याधिक मत प्राप्त गरेका छ्न् । उनले ७ सय १ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानाले ३ सय २० मत प्राप्त गरेका छन् । विनामारेबाट हलो र करुवाले एक एक मत पाएका छ्न् ।

त्यस्तै उप-प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले लोकप्रिय मत ल्याएका छन् । शर्माले ७ सय ३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले ३ सय २६ मत प्राप्त गरेका छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई

‘सरुभक्तका कविता’ सार्वजनिक


TOP