Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
धवलागीरी गाउँपालीकामा कांग्रेसका प्रेमप्रसाद र माओवादीका रेशम विजयी – Sarangi News

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादीका रेशम पुन बिजयी हुनुभएको छ ।

अध्यक्षमा पुनले तीन हजार १२३ र उपाध्यक्षमा पुनले दुई हजार ८१२ मत पाएर बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिद्धन्दी एमालेकी थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा एमालेका प्रगति कार्कीले दुई हजार ६१८ मत पाउनु भएको छ । सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा कांग्रेसले दुई , माओवादीले २ र तीन वटा वडामा एमालेका उम्मेद्वार बिजयी भएका छन् ।

मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १, २ र ५ वडा, माओवादीले वडा नम्वर ३ र कांग्रेसले वडा नम्वर ४मा जित हाँसिल गरेको छ । मालिकामा तीन वटा वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमाले ,तीन वटा वडामा कांग्रेस र एक वडामा माओवादी विजयी भएका छन् ।

८ वटा वडा रहेको रघुगंगामा ५ वटा वडा कांग्रेस र ३ वटा वडा एमालेका उम्मेद्वार प्यानल सहित विजयी भएका छन् ।बेनी नगरपालिकामा मत गणना जारी रहँदा चार वटा वडा एमाले ,दुई वडा कांग्रेस र दुई वटा वडामा माओवादीका उम्मेद्वार विजयी भएका छन् । अन्नपुर्णमा तीन वटा वडामा एमालेका उम्मेद्वार बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP