धवलागीरी गाउँपालीकामा कांग्रेसका प्रेमप्रसाद र माओवादीका रेशम विजयी – Sarangi News

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादीका रेशम पुन बिजयी हुनुभएको छ ।

अध्यक्षमा पुनले तीन हजार १२३ र उपाध्यक्षमा पुनले दुई हजार ८१२ मत पाएर बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिद्धन्दी एमालेकी थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा एमालेका प्रगति कार्कीले दुई हजार ६१८ मत पाउनु भएको छ । सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा कांग्रेसले दुई , माओवादीले २ र तीन वटा वडामा एमालेका उम्मेद्वार बिजयी भएका छन् ।

मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १, २ र ५ वडा, माओवादीले वडा नम्वर ३ र कांग्रेसले वडा नम्वर ४मा जित हाँसिल गरेको छ । मालिकामा तीन वटा वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमाले ,तीन वटा वडामा कांग्रेस र एक वडामा माओवादी विजयी भएका छन् ।

८ वटा वडा रहेको रघुगंगामा ५ वटा वडा कांग्रेस र ३ वटा वडा एमालेका उम्मेद्वार प्यानल सहित विजयी भएका छन् ।बेनी नगरपालिकामा मत गणना जारी रहँदा चार वटा वडा एमाले ,दुई वडा कांग्रेस र दुई वटा वडामा माओवादीका उम्मेद्वार विजयी भएका छन् । अन्नपुर्णमा तीन वटा वडामा एमालेका उम्मेद्वार बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP