Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
बेनी नगरपालिकाको मेयरमा सुरज केसी र उपमेयरमा ज्योती लामिछाने विजयी – Sarangi News

म्याग्दी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरज केसी र उपमेयरमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने विजयी हुनुभएको छ । मेयरमा विजयी केसीले ७ हजार ६०३ मत र उपमेयरमा विजयी लामिछानेले ७ हजार ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभएको छ।

मेयरमा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवी शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरकी प्रतिस्पर्धी नेकपा एमालेकी पशुपती शाहीले ५ हजार ५०० मत प्राप्त गनुर्भएको छ। मेयर १ हजार ३९९ मत र उपमेयरमा १ हजार ५४३ मत अन्तरमा विजयी हासिल गरेका छन् ।

बेनी नगरपालिकाको वडानम्वर १ नेकपा एमालेका टेकबहादुर थापा २ वडामा कांग्रेसका याम कार्की, ३ वडामा माओवादी केन्द्रका पदमबहादुर पुन, ४ वडामा माओवादी केन्द्र अणबहादुर खड्का (भगवान), ५ वडामा एमालेका गोविन्द बानियाँ, ६ वडामा एमालेका कृष्णसिङ बानियाँ, ७ वडामा कांग्रेसका रमेश श्रेष्ठ, ८ वडामा एमालेका उत्तम कर्माचार्य, ९ वडामा कांग्रेसका चक्र केसी र १० वडामा एमालेका मस्विर रोका वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।

म्याग्दीमा ६ स्थानीय तहमध्ये ५ स्थानीय तहको मतगणना सकिएको छ। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् । त्यस्तै रघुगंगाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगलाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ । अन्नपुर्ण गाउँपालिकाको मतगणना जारी हुदाँ एमालेले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP