Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
जैमिनी नगरको मेयरमा पुन र उपमेयरमा शर्मा भारी मतान्तरले विजयी , – Sarangi News

कुश्मिसेरा – जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

पुनले ८ हजार ७ सय ५५.मत प्राप्त गरेका छन भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् ।

शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।

नगरपालिकामा नेपाली काँग्रेसले वडा न. १ कुश्मीसेरा, २ दमेक, ५ बिनामारे, ७ जैदी र ८ छिस्ती गरि पाँच वटा वडा अध्यक्ष जित हाँसिल गरेको छ भने माओवादी केन्द्रले वडा न. ३ दमेक र वडा न. ६ अर्जेवा जित हाँसिल गरेको छ । नेकपा एकीकृत समाजबादीले वडा नं ४ सर्कुवा जितेको छ भने राष्ट्रिय जनमोर्चाले वडा न. १० राङखानी र नेकपा एमालेले वडा वडा न.९ मा जित हाँसिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP